निवर्तमान मुख्यमन्त्री बानियाँको केन्द्रीय सदस्यको उम्मेदवारीले महाअधिवेसन प्रतिनिधिहरु उत्साहित – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

निवर्तमान मुख्यमन्त्री बानियाँको केन्द्रीय सदस्यको उम्मेदवारीले महाअधिवेसन प्रतिनिधिहरु उत्साहित


काठमाडौं : काङ्ग्रेस वाग्मती सभापति एवं निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काङ्ग्रेसको खुला केन्द्रीय सदस्मा ६ जना जिल्ला सभापतिहरुको समर्थन तथा प्रस्तावमा उम्मेदवारी दर्ता गरे पश्चात खुलामञ्च, राष्ट्रिय सभागृह तथा भृकुटीमण्डप वानियाको निकै चर्चा चलेको देखिन्छ ।

मकवानपुर जिल्लामा लाल किल्ला भत्काएर कांग्रेसको झण्डा फहराउन सफल भएका बानियाँ काङ्ग्रेसको वाग्मती सभापति हुँदै ससँदिय दलका नेतावाट मुख्यमन्त्रीको जिम्मेवारीमा रहदा वाग्मती सरकारका जनपक्षीय सयैा निर्णयले वाग्मती प्रदेश मात्रै नभै देशैभर चर्चित हुन पुगेका छन् ।

कम्युनिस्टहरुको बलियो प्रभाव क्षेत्र मानिने मकवानपुरमा नेपाली कांग्रेसलाई बलियो राजनीतिक शक्ति सँन्चय गराउन सक्ने नेताका रुपमा इन्द्रबहादुर बानियाँ निकै लामो समयदेखि चिनिदै आएका छन् । कुनै समय कांग्रेस उम्मेदवारको लज्जास्पद हार हुने स्थान मकवानपुर जिल्ला कम्युनिष्टहरुको लाल किल्ला तोड्दै काङ्ग्रेसलाई राजनीतिक उचाइमा पुराउदै बानियाँले २०७० मा पहिलो पटक कांग्रेस जिताएका थिए ।

उनी २०६४ देखि काङ्ग्रेसको राजनीतिलाई ससक्त वनाउन
नेविसंघ तरुण दल हुदै पार्टी राजनीतिक निरन्तर अथक प्रयासका वावजुत २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नँ १ बाट निर्वाचित भएका थिए । कांग्रेसको सँगठन विस्तारमा दिनरात नभनी खटेका कारण विकट मकवानपुरको गाउँ गाउवाट काङ्ग्रेसलाई समर्थन प्राप्त भएकोले नै उनले त्यसयता संसदीय चुनाव हारेका छैनन् । जिल्लामा कांग्रेस बलियो बनाउन बानियाँको उल्लेखनीय भुमिका रहेको छ ।

विकास देखि नागरिकको समस्यमा प्रत्यक्ष सरोकार राख्ने उनले मकवानपुरको दुवै क्षेत्रलाई आफ्नो निर्वाचन क्षेत्रमा उनलाई जनता माझ निकै चर्चित छन । मकवानपुरको दुवै क्षेत्रबाट चुनाव जितेका उनी युवा पुस्तामा लोकप्रिय मानिन्छन् ।

बानियाँ लामो समयको संघर्ष र संसदीय राजनीतिमा हाल बागमती प्रदेशको मुख्यमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । वि.सं. २०४४ सालदेखि राजनीतिमा होमिएका बानियाँले नेविसंघ, तरुण दल, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको सभापति भएका वानिया निरन्तर विगट स्थानहरुको घर घरमा पुगेर जनताका समस्या र विकास निर्माणमा सक्रिय रहेदै आएका छन् ।

राजनीतिक यात्राका क्रममा उनले केन्द्र सरकारमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । वि.सं. २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । बानियाँ प्रशासनिक र राजनीतिक दुवै क्षेत्रमा दख्खल राख्दछन् ।

२०७४ को निर्वाचनमा मकवानपुर सङ्घीय क्षेत्र २ को ‘ख’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनी सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन भएका थिए । उनले प्रदेशसभामा कांग्रेसलाई एक सशक्त र प्रभावकारी प्रतिपक्षी दलको रुपमा उभ्याएका थिए ।

बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति पनि हुन् । बानियाँलाई नेपाली राजनीतिमा ‘संसदीय राजनीतिका चलाख खेलाडीका रुपमा समेत चिनिन्छन् । पछिल्लो समय उनी
दलको नेतामा निर्वाचित भएलगत्तै कांग्रेस–एमाले गठबन्धनको समर्थनमा उनी २०८२ साउनमा बागमती प्रदेशको मुख्यमन्त्री निर्वाचित भए पश्चात् वाग्मती सरकारले जनताका पक्षमा सयैा उदाहरणी कार्य गरेको भन्दै काङ्ग्रेस पार्टीभित्र निकै चर्चा कमाएका थिए ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
कांग्रेस महाधिवेशन अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
  • २०८३ आश्विन २१, ०९: ४७

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो सार्वजनिक विवरणअनुसार अत्यधिक चासोका साथ...

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
  • २०८३ आश्विन २१, ०९: ४७

काठमाडौँ — नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज (सोमबार) नवदुर्गा भवानीको दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना...

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८३ आश्विन २१, ०९: ४७

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...