कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरु गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान १० बजेबाट सुरू हुनेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
कांग्रेस महाधिवेशन अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
  • २०८३ आश्विन २१, १८: ०६

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो सार्वजनिक विवरणअनुसार अत्यधिक चासोका साथ...

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
  • २०८३ आश्विन २१, १८: ०६

काठमाडौँ — नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज (सोमबार) नवदुर्गा भवानीको दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना...

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८३ आश्विन २१, १८: ०६

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...