
नयाँ विकल्प
काठमाडाैं- मान्छेको शरीरमा कोरोना भाइरस प्रवेश रोक्न वैज्ञानिकहरू एउटा ‘स्प्रे’ को परीक्षण तथा विकासमा लागिपरेका छन्।
यो स्प्रे मान्छेको नाक मुखमा छर्ने स्प्रे हाे । काेराेना भाइरस नाक मुख हुँदै फाेक्साे लगायत मानव शरिरमा प्रवेश गर्न राेक्ने उदेश्यले वैज्ञानिकहरूले यस्ताे स्प्रेकाे विकास गरेका हुन् । बेलायती अखबार द गार्डियनका अनुसार यसको एक जनावरमा परीक्षण भइसकेको छ।
बिरालो प्रजातिको फेरेट्स नामक एक घरपालुवा जनावरमा गरिएको परीक्षणले मानवमा समेत काम गर्ने विश्वास वैज्ञानिकहरूले गरेका छन् । संसारभर कोरोना भाइरस संक्रमितकाे संङ्ख्या ३ कराेड ३६ लाखकाे हाराहारीमा पुगेकाे छ बढ्दो छ।
याे संख्या दैनिक बढ्दाे क्रममा छ । यस्तोमा शक्तिशाली देशहरू कोरोना संक्रमण नियन्त्रणका लागि खोप विकासको दौडमा छन्। केही वैज्ञानिकहरु भने कोरोना नियन्त्रणका लागि खोप बाहेकका विकल्पको खोजीमा पनि छन् ।
द गार्डियनले जनाए अनुसार अहिले वैज्ञानिकहरूले औषधिजस्तै मलिक्युल विकास गरेका छन् जो स्प्रेमार्फत् हाम्रो नाकमा जानेछन्। यी मलिक्युल नाकका कोषहरूसँग अन्तर्क्रिया गर्नेछन्। यसो हुँदा हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता बढ्नेछ वा भनौं यसले हाम्रो प्रतिरक्षा प्रणाली थप सक्रिय पार्नेछ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...