विपद्का कारण तीन जिल्लाका राजमार्ग अवरुद्ध – Naya Bikalpa
October 19, 2026, Monday      Epaper

विपद्का कारण तीन जिल्लाका राजमार्ग अवरुद्ध


काठमाडौं : वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका हुन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा असोज १ गते बिहान ५ः५० बजेदेखि सडक प्रभावित भएको हो ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आरुघाट गाउँपालिका–१ नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त सडक आज बिहान ५ः३० बजेदेखि अवरुद्ध छ ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि सडक प्रभावित भएको हो ।

प्रहरीले अवरुद्ध सडक खुलाउने र यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको जनाएको छ । सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा
ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा
  • २०८३ कार्तिक ३, ११: ३१

काठमाडौं : नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध जित हात पारेको छ । सोमबार भएको खेलमा...

बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान
बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान
  • २०८३ कार्तिक ३, ११: ३१

काठमाडौं : बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माण...

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
  • २०८३ कार्तिक ३, ११: ३१

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको...