
काठमाडौं : नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध जित हात पारेको छ । सोमबार भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
ओमानका जतिन्दर सिंहले ११४ बलमा ८९ रन बनाए भने हम्माद मिर्जाले ९७ बलमा ८७ रन जोडे ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । सन्दीप लामिछाने र नन्दन यादवले एक-एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए । उनले ८१ बलको सामना गरेका थिए ।
काठमाडौं : बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माण...
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको...
काठमाडौं : सशस्त्र प्रहरी बलले बडादसैंका अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।...