नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य – Naya Bikalpa
October 19, 2026, Monday      Epaper

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य


काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २८० रन बनाएको हो ।

नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले १२० बलमा १३९ रनको शतकीय साझेदारी गरे । पौडेलले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाउँदा ऐरीले ३ चौका र ४ छक्कासहित ६९ रन जोडे ।

ओपनर देव खनालले ५७ रनको अर्धशतकीय पारी खेल्दा अर्का ओपनर आशिफ शेख भने ७ रन बनाए । इशान पाण्डेले २९ रन बनाए ।

सम्बन्धित समाचार

ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा
ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा
  • २०८३ कार्तिक ३, १५: ०९

काठमाडौं : नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध जित हात पारेको छ । सोमबार भएको खेलमा...

बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान
बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान
  • २०८३ कार्तिक ३, १५: ०९

काठमाडौं : बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माण...

सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
  • २०८३ कार्तिक ३, १५: ०९

काठमाडौं : सशस्त्र प्रहरी बलले बडादसैंका अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।...