सशस्त्र प्रहरीको निःशुल्क बस सेवा – Naya Bikalpa
October 19, 2026, Monday      Epaper

सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं : सशस्त्र प्रहरी बलले बडादसैंका अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

दसैंको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । निःशुल्क बस सेवा सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । ती बस बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म विभिन्न रुटमा चल्नेछन् ।

सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ । यसैगरी सशस्त्र प्रहरी हेडक्वार्टरबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्कलगायत स्थानका यात्रुलाई निःशुल्क सेवा दिनेछ ।

सम्बन्धित समाचार

ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा
ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा
  • २०८३ कार्तिक ३, १२: ४८

काठमाडौं : नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध जित हात पारेको छ । सोमबार भएको खेलमा...

बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान
बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान
  • २०८३ कार्तिक ३, १२: ४८

काठमाडौं : बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माण...

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
  • २०८३ कार्तिक ३, १२: ४८

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको...