नेवार थरलाई दलित सूचीमा राख्ने निर्णय पूर्ण खारेज गर्न नेपाल लोकतन्त्रवादी नेवाः संघको माग – Naya Bikalpa
November 27, 2026, Friday      Epaper

नेवार थरलाई दलित सूचीमा राख्ने निर्णय पूर्ण खारेज गर्न नेपाल लोकतन्त्रवादी नेवाः संघको माग

काठमाडौं : नेपाल सरकारले नेवार जातिका ४० भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरेको निर्णयप्रति नेपाल लोकतन्त्रवादी नेवाः संघले गम्भीर आपत्ति जनाउँदै उक्त सूची पूर्ण रूपमा खारेज गर्न माग गरेको छ । संघका सभापति नरेश कुमार ताम्रकारद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त कदमप्रति खेद व्यक्त गर्दै खारेजीको सूचना अविलम्ब राजपत्रमा प्रकाशित गर्न जोडदार माग गरिएको छ ।

नेपाल सरकारले मिति २०८३ असोज ८ गते नेपाल राजपत्र (भाग ५, खण्ड ६६, संख्या ३६) मा सूचना प्रकाशित गरी नेवार जातिका ४० भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरेको थियो । संघका अनुसार नेवाः समुदायसँग कुनै छलफल, सहमति वा वैज्ञानिक अध्ययन नगरी एकतर्फी रूपमा गरिएको यो निर्णय संविधानको मर्म, समावेशी लोकतन्त्र र सामाजिक न्यायको सिद्धान्त विपरीत छ ।

नेवाः समुदाय आफ्नै भाषा, लिपि, संस्कृति, परम्परा, इतिहास र सभ्यता बोकेको आदिवासी जनजाति समुदाय भएको विज्ञप्तिमा उल्लेख छ । यस प्रकारको गलत वर्गीकरणले नेवाः समुदायको आत्मसम्मानमा चोट पुर्‍याउने, समुदायबीच भ्रम तथा विभाजन सिर्जना गर्ने र दलित समुदायका वास्तविक मुद्दालाई समेत कमजोर बनाउने संघको ठहर छ ।

राष्ट्रिय दलित आयोगले मिति २०८३ मंसिर ९ गते उक्त सूचीको कार्यान्वयन हालका लागि स्थगन गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको कदमलाई संघले सकारात्मक रूपमा लिएको छ । तर, स्थगन मात्र पर्याप्त नभएकाले आयोगको निर्णयलाई सच्याउँदै उक्त सूची पूर्ण रूपमा खारेज गरी राजपत्रमा प्रकाशित गरिनुपर्ने संघको अडान छ ।

आगामी दिनमा कुनै पनि समुदायको पहिचानसँग जोडिएका सूची, वर्गीकरण वा नीति निर्माण गर्दा सम्बन्धित समुदाय, नेवाः संघ/संस्थाहरू, आदिवासी जनजाति आयोग, विज्ञ तथा सरोकारवालाहरूसँग अनिवार्य परामर्श गर्न सरकारसँग माग गरिएको छ । नेवाः समुदायको पहिचान र आत्मसम्मानमाथि हुने कुनै पनि प्रहारविरुद्ध संघ दृढतापूर्वक उभिने सभापति ताम्रकारले स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता
  • २०८३ मंसिर १२, १३: ५६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा प्रधानमन्त्री...

कांग्रेसलाई अब अदालत र मुद्दामामिलामा अल्झिनुपर्ने अवस्था छैन : महामन्त्री डा. संग्रौला
कांग्रेसलाई अब अदालत र मुद्दामामिलामा अल्झिनुपर्ने अवस्था छैन : महामन्त्री डा. संग्रौला
  • २०८३ मंसिर १२, १३: ५६

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरिसकेकाले अब आन्तरिक विवाद र वैधानिकताको...

१२ बुँदे माग राख्दै नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री पुनको राजीनामा माग
१२ बुँदे माग राख्दै नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री पुनको राजीनामा माग
  • २०८३ मंसिर १२, १३: ५६

काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारी १२ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन् । नेपाल...