
नयाँ विकल्प,
सिन्धुपाल्चोक – नेपाली कांग्रेस जिलला कार्यसमिति र उसका भ्रातृ संस्थाका नेताहरुले जिल्लाको बाह्रबिसे नगरपालिका ७ नागपुजे, भीरखर्क लगायतको क्षेत्रका स्थानीय बाढी पीडितलाई नगद, खाद्यान्न, भाँडाकुडा, सोलार, ट्रयाकसुट लगायतका सामग्री वितरण गरेका छन् ।
पहिरोबाट ज्यान गुमाएका परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलार, ट्रयाकसुट लगायतका सामाग्री बुधबार वितरण गरिएको पार्टीका पूर्वजिल्ला सभापति भूपेन्द्र थापाले जनाए ।
पार्टी जिल्ला सभापति बिकास लामाको नेतृत्वमा ८४ परिवारलाई दुई हजारका दरले नगद र खाद्यान्न, अति प्रभावित मृतकका परिवार र घर पुरिएका २६ परिवारलाई चार हजारका दरले नगद वितरण गरिएको नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

फुल्पिङकोट गाँउ इकाई सभापति गोबिन्द कार्की र काँगे्रस नेता कृष्ण न्यौपानेले अति प्रभावित २६ परिवारलाई नगद दिनका लागि ५२ हजार सहयोग गरेका थिए भने बाँकी पार्टीका अन्य शुभेच्छुकबाट संकलन गरिएको थियो ।
बितरण गरिएको खाद्य सामाग्रीहरु २५ किलोको एक बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न लामा गुरु सोनाम वाङचे लामा, पूर्व सभापति भूपेन्द्र थापा र नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा र शिव शक्ति समूहको सहयोगमा प्राप्त भएको थियो ।
प्रति सेट १० हजार पर्ने सोलार बत्ती नेबिसंघ महामंत्री तिमल्सिनाले उपलब्ध गराएका हुन् । उक्त सोलार बती सनसाइन इनर्जी प्रालि, नेपाल उर्जा विकास कम्पनी, शिखर रिन्युबल इनर्जी प्रालिले सहयोग गरेका थिए ।

नेपाल महिला संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गीता नेपालको पहलमा भाँडाकुडाँ र विद्यार्थीलाई ट्रयाकसुट सहयोग प्राप्त भएको थियो ।
नेबिसंघ महामन्त्र ितिमल्सिनाले घुम्थाङ उपस्वास्थ चौकी, बच्छलादेवी माबिका बिद्यार्थीहरुलाई र इलाका प्रहरी कार्यालय बाह्रविसेलाई स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती प्रदान गरिएको थियो ।

लायान्स क्लब अफ रामेछाप डिस्ट्रिक्क ३२५ का शम्भुप्रसाद घिमिरेबाट सो स्वास्थ सामाग्री सहयोग उपलब्ध भएको हो । बाढी पहिरो जस्तो प्राकृतिक विपत्तिले गर्दा सिन्धुपाल्चोकमा बर्षेनी ठूलो संख्यामा जनधनको क्षति हुने गरेको छ ।

पीडामा परेकाहरुलाई काँग्रेसले उद्धार, राहत र पुर्नस्थापनाका निम्ति राज्यका सबै निकायहरुलाई विपत्तिमा राहत र सहयोग उपलब्ध गराउन नेविसंघ महामन्त्री तिमिल्सिनाले आव्हान गरेका छन् ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...