

नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोरोना भाइरसबाट विगत २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी दुई हजार सात सय २२ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा यति धेरै संक्रमित थपिएको जानकारी दिए ।
शुक्रबार थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने २१ हजार २ सय ३४ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार चार सय ७४ र होम आइसोलेसनमा ११ हजार सात सय सय ६० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा तीन हजार तीन सय सात जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार सात सय ३९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
मृत्यु हुनेको सख्या पाँच सय २२ पुग्यो
बितेको २४ घण्टामा नेपालमा कोराना संक्रमणबाट थप ११ जनाकोे मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय २० पुगेको छ ।
काठमाडौमा थपिए १६ सय ३८ संक्रमित
मुलुकको राजधानी काठमाडौं उपत्यकामा एकै दिन हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार छ सय ३८ जना थप संक्रमित भेटिएका छन् ।
काठमाडौं जिल्लामा चार सय ७० महिला, आठ सय १० पुरुषसहित एक हजार दुई सय ८० जना, ललितपुर जिल्लामा ७७ महिला र ८५ पुरुषसहित एक सय ६२ जना र भक्तपुरमा ८० महिला र एक सय १६ पुरुषसहित एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...
काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...
काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने...