पत्रकारकाे अनशनमा बाबुराम, श्रमजीवीलाई साथ, मालिकलाई खबरदारी – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

पत्रकारकाे अनशनमा बाबुराम, श्रमजीवीलाई साथ, मालिकलाई खबरदारी

काठमाडौं । मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुगेका छन्।

शनिबार साढे ११ बजे बानेश्वर पुगेर रिले अनसनमा बसेका पत्रकार तथा पत्रकार महासंघका नेताहरूलाई भेटेर भट्टराईले आन्दोलनलाई साथ दिएका हुन्। त्यसक्रममा भट्टराईले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए।

सरकारले ऐन कानुन बनाउने तर पालना नगर्नेलाई कारबाही गर्न नसक्नु दु:खद् भएको भन्दै भट्टराईले श्रमजीविहरूको आवाज सुन्न सरकारको ध्यानाकर्षण गराए। ‘तर सरकारको ध्यान अहिले असंगठित श्रमिकको समस्या सुन्ने हैन। चुनाव हारेका मन्छेलाई सांसद बनाउनेतिर छ,’ भट्टराईले भने।

विभिन्न एक दर्जन सञ्चारमाध्यमले कोभिड-१९ को बहानामा पत्रकार तथा कर्मचारी निष्काशन गरेपछि रिले अनसन थालिएको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक जन्मदेव जैसीले बताए। उनका अनुसार ६ बुँदे माग राखेर असोज १५ गतेबाट रिले अनसन थालिएको हो।

कोभिड-१९ को बहानामा अहिले राजधानीका साढे तीन सय कर्मचारी तथा पत्रकारलाई मिडिया हाउसले निष्काशन गरेको उनले बताए। अहिले राजधानीका साढे तीन सय कर्मचारी तथा पत्रकारलाई मिडिया हाउसले निष्काशन गरेको उनले बताए ।

‘पत्रकार महासंघमा १२ वटा मिडिया हाउसले निष्काशन गरेको उजुरी आएको छ, हामीले सम्बन्धित मिडिया हाउसलाई अनुरोध गर्‍यौं तर अटेर गरेपछि आन्दोलन सुरू गर्नुपरेको हो,’ उनले भने।

यसरी निष्काशन गर्ने मिडिया हाउसमा अन्नपूर्ण पोष्ट, कान्तिपुर, कारोबार, नागरिक, माउन्टेन टिभी, नयाँ पत्रिका, एभिन्यूज, न्यूज २४, नेपाल आज अनलाइन, राजधानी, उज्यालो एफएम र समाचार पत्र दैनिक रहेको जैसीले बताए।

सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउनु पर्ने, बाँकी रहेको बक्यौता भुक्तानी, अनावश्यक सरुवा र निष्काशन फिर्ता लिनुपर्ने, ६ महिना काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, श्रमजीवि पत्रकार ऐन लागू कार्यान्वयन नगर्ने मिडिया हाउसलाई कारबाही गर्नुपर्ने माग रिले अनसनको छ।

पाँच दिने रिले अनसनपछि पनि आन्दोलनका कार्यक्रम छन्। २१ गते अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनमा एक घन्टा घेराउ गर्ने कार्यक्रम छ। २२ गते कान्तिपुर मिडिया ग्रुप र कारोबार दैनिक, २३ गते नागरिक दैनिक २४ गते नेपाल आजमा एक घन्टा धर्ना दिने कार्यक्रम छ। २१ देखि २४ गतेसम्म दिनहुँ ती मिडिया हाउसमा एक घन्टा घेराउ गर्ने कार्यक्रम छ ।

२५ गते सूचना विभाग र न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा लाल्टिन बालेर प्रदर्शन गर्ने र २७ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने कार्यक्रम छ। ‘यसैगरी, सञ्चारगृहको ज्यादती र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालयलगायतलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

अनसन बस्नेमा कारोबारका धर्मेन्द्र कर्ण, नागरिकका सुविद गुरागाईं, डिल्ली आचार्य, करण बडाल, श्रीराम वाग्ले, विपेन्द्र कार्की, अमृत भादगाउँले, निर्मला बस्नेत, संकेत कोइराला, विष्णु केसी, गोविन्द देवकोटा, किरण आचार्य छन।

यस्तै, सविन महर्जन, ध्रुव रिजाल, सुशील पोखरेल, भुवन पौडेल, उम्तम ओझा, ढकप्रसाद खतिवडा, राजन तामाङ, विश्वराज खनाल, राम निरौला, निमा लामा, डुक्पाछिरिङ मोक्तान, हेमा शर्मालगायत छन्।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ आश्विन १७, २३: ४४

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ आश्विन १७, २३: ४४

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७७ आश्विन १७, २३: ४४

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...