सर्वोच्चका न्यायाधीशलाई कोरोना देखिएपछि एउटा मात्रै इजलास, १८ न्यायाधीशको इजलास बसेन – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

सर्वोच्चका न्यायाधीशलाई कोरोना देखिएपछि एउटा मात्रै इजलास, १८ न्यायाधीशको इजलास बसेन


नयाँ विकल्प,
काठमाडौं – सर्वोच्च अदालतका एकजना न्यायाधीश र एक जना कर्मचारी युनियनका नेतामा कोभिड १९ पोजेटिभ पुष्टि भएपछि सर्वोच्च अदालतको नियमित काम कारबाही प्रभावित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जंगबहादुर राणासहित १९ जना न्यायाधीस रहेको सर्वोच्च अदालतमा एक न्यायाधिशलाई कोरोना संक्रमणको पुष्टि भएपछि न्यायाधीश डा. मनोजकुमार शर्मावाहेक सबै न्यायाधीशको इजलास बस्न सकेन् ।

सर्वोच्च अदालतको प्रशासनले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै ‘अदालतको माननीय न्यायाधीशज्यू लगायत केही अधिकृत र कर्मचारीहरुमा कोरोना भाइरसबाट संक्रमित हुनुभएको’ जनाएको छ ।

संक्रमित एवम् प्रभावित न्यायाधीशहरु तथा कर्मचारीहरु होम क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बस्नुभएको सर्वोच्च अदालतका प्रेस विज्ञ किसोर पौडेलले नयाँविकल्प डटकमलाई बताए ।

आइतबार सर्वोच्चमा कुनै पनि संयुक्त र पूर्ण इजलास बसेन भने एकल इजलास पनि एउटा मात्र बसेको छ । डा. मनोज कुमार शर्माको एकल इजालास बसेको छ र डा. शर्माको इजलासमा ११ पेशी चेढेकोमा सबैको सुनुवाई गरिरहेका छन् ।

एक जना न्यायाधीशमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङ्ग भइरहेको पौडेलले जनाए । नेपाल निजामति कर्मचारी युनियनको सवोच्च अदालतकै नेता कर्मचारीमा कोरोना पुष्टि भएपछि सर्वोच्च अदालतको प्रशासनले थप सावधानी अपनाएको हो ।

कर्मचारी युनियनको अधिवेशनको मुखमा चुनाव प्रचारमा धेरै कर्मचारीसँग भेटघाट बढाएका कर्मचारी नेताबाट संक्रमण फैलन सक्ने आशंकामा सर्वोच्चले आइतबारबाट सेवा प्रदान गर्ने कार्यमा भारी कटौति गरेको छ भने भोलीदेखि अर्को निर्णय नभएसम्म संयुक्त र पूर्ण इजलास तत्काल नबस्ने भएको छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ आश्विन १८, १३: २६

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ आश्विन १८, १३: २६

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ आश्विन १८, १३: २६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...