
नयाँ विकल्प,
काठमाडाैं- महानगरीय प्रहरी वृत्त, कालिमाटीले कलंकीको अर्काे एक गादाममा छापामा मारेकाे छ । दुई तल्लाको घरमा आइतबार छापा मार्दा ठूलो मात्रामा चकलेट, केकमा राख्ने चेरी, पिठोलगायतमा रिलेबलिङ गरी बेच्न गरेको वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। ।
‘मिति सकिएका ठूलो मात्रामा चकलेट, बेकरी आइटम, पाउरोटी, पिठो, चेरीलगायतमा नयाँ मिति राखेर बेच्ने गर्थे,’ डिएसपी बोहराले भने। उनका अनुसार यसरी सामान बेच्ने कम्पनीको नाम एएसटी प्रालि हो। अहिलेसम्म कोहीलाई नियन्त्रणमा नलिएको डिएसपी बोहराले बताए। ‘अहिलेसम्म कोही पक्राउ परिसकेका छैनन्।
तर तीन जना जति समात्न सक्छौं,’उनले भने। यसअघि बिहीबार पनि म्याद सकिएका सामानमा नयाँ डेट राख्ने गरेको अर्को गोदाममा प्रहरीले छापा हानेको थियो।

गत विहिबार महानगरीय अपराध महाशाखाले व्यापारिक समूह विशाल ग्रूपकाे गाेदाममा छापा मारेकाे थयाे । साे विजनेस ग्रुपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको थियाे ।
महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको संयुक्त अप्रेशनमा यस्तो भेटिएकाे हाे । म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेशिनसहित विभागले ९ जनालाई पक्राउ गरेको थियाे
पक्राउ परेकाहरुमा आयन इन्टरनेश्नल नामक वितरक समूहका प्रमुख बताउने रोशन बात्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु छन् ।
स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको भेटिएको थियाे ।
मानव स्वास्थ्यमा गम्भीर असर पर्ने लेवलमा खेलबाड गरेको पाइएपछि थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ । आयन इन्टरनेशनलका सञ्चालक पुष्पादेवी अग्रवाल रहेको र उनका दुई छोराहरुले व्यापार सम्हालिरहेको पाइएकाे छ ।
पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी बृत्त दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका ९ मध्ये बात्रा भारत राजस्थानका नागरिक हुन् भने अन्य नेपाली कामदारहरु रहेको विभागले जनाएको छ ।
बच्चाले खाने बाेर्नभिटा, स्नेकर्स चकलेट, प्रिङ्गल्स चिप्स र ट्याङ जुसमा धमाधम नयाँ म्याद टाँस्दै गरेको भेटिएको थियो । खाद्य कानुन अनुसार म्याद सकिएको वस्तु आयातकर्ताले बजारबाट फिर्ता मगाएर नष्ट गर्नुपर्छ ।
काठमाडौंमा बिहीबार फेला परेका वस्तुहरु पसलबाट म्याद नाघ्नेबितिक्कै सस्तोमा फिर्ता लिएर पुनः नयाँ लेबल लेख्ने गरेको पाइएको वाणिज्य विभागले जनाएको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...