दशैमा खसी किन्ने चिन्तामा हुनुहुन्छ ? यसाे गर्नुस खसीबाेका घरमै आउँछ – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

दशैमा खसी किन्ने चिन्तामा हुनुहुन्छ ? यसाे गर्नुस खसीबाेका घरमै आउँछ


नयाँ विकल्प,


काठमाडाैं- नेपालीहरूकाे महानचाड बडादशै सुरू हुन अव केही दिन मात्र बाँकी छ । दशै तिहार मान्यजनबाट टिका आशिर्वाद लिने ,आफन्तसंग भेटघाट गर्ने, मिठाे परिकार खाने पर्वका रूपमा पनि लिइन्छ । विजया दशैमा पूजापाठ गर्ने शक्तिपीठमा बलिदिने चलन छ ।

दशैमा प्रायः माछामासुका परिकार बढी खाने हुनाले ठूलाे मात्रामा मासुकाे खपत हुन्छ । काेराेना संक्रमणका कारण यसवर्षकाे दशै- तिहारमा भने विगतमा जस्तै सहज रूपमा बजार खुल्ने र मानिसकाे कम हुने देखिन्छ । संक्रमणकाे डरले स्वयम् उपभाेक्ताहरू समेत घरबाट बाहिर निस्कन अप्ठयाराे मानिरहेका छन् ।

तर तपाइ दशैमा खसीबाेका कसरी किन्ने भन्ने चिन्तामा हुनुहुन्छ भने अव निश्चिन्त हुनुहाेस , श्रीराम ग्रुप अफ कम्पनीले दशैंलाई लक्षित गर्दै तपाइकै घरमा जिउँदो खसी पुर्‍याउने गरि अनलाइन सुविधा सुविधा सुरू गरेकाे छ ।

सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, उदयपुरमा स्थानीय कृषकले पालेका लोकल खसी अनलाइन खसी डटकममार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ। कृषकबाट खसी खरिदअघि कम्पनीको भेटनरी चिकित्सकले त्यसको स्वास्थ्य परीक्षण गर्ने र स्वस्थ रहेको यकिन भएपछि मात्रै ग्राहककोमा पुर्‍याउने कम्पनीले जनाएको छ। कृषक र ग्राहकलाई जोड्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले बताएको छ।

साे ग्रुपका अनुसार काेराेना संक्रमणका कारण बजार जान नपाएका ग्रहाकलाइ अनलाइनबाट अर्डर गरी घरमै पुर्याउने ब्यावस्था मिलाइएकाे छ । अनलाइन खसी डटकमबाट ग्राहकले आफुले चाहेकाे खसीबाेका छनोट गर्न सक्नेछन् ग्रहाकले खसीबाेका घरमै पुर्‍याउने सुविधा श्रीराम ग्रुप अफ कम्पनी मिलाएकाे छ ।

कम्पनीका बजार व्यवस्थापक ईश्वर ढकालका अनुसार यस्ताे सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा ग्रहाकलाइ उपलब्ध हुने छ । कोरोना महामारीको बेला ग्राहकले खसीबाेका खरिदकालागि हाटबजार चहार्नु नपरोस् भन्ने उद्देश्यले यस्ताे सुविधा ल्याएकाे जनाएकाे छ । ढकालले ‘दशैंमा खसी घरमै बसी-बसी भन्ने नारा अनुसार स्वस्थ खसी ग्रहाककाे घरमै पुर्याउने बताए।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ आश्विन १८, १५: १५

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ आश्विन १८, १५: १५

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ आश्विन १८, १५: १५

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...