
नयाँ विकल्फ
काठमाडाैं- सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच भएको वार्ता केही समयका लागि स्थगित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे दश बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको बताइएकाे छ ।
बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरूको सम्बन्धमा बुँदागत छलफल भएको थियाे ।अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच फेरि छलफल भई दिउँसो ४ बजे पछि बस्ने गरि स्थगित भएकाे हाे । गाेविन्द्र केसीकाे विहीबार आमरण अनसनकाे २५ औं दिन हाे डक्टर केसीकाे स्वास्थ्य अवस्था विग्रिदै गएकाले केसी पक्षले जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्याउन चाहेका छन् ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग आमरण अनसनरत डाक्टर गाेविन्द केसी संग सरकारले वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो।
जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन्। डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्व चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...