सांसदलाई ‘घिसारेर बाहिर निकाल्न’ आदेश दिने मन्त्रीलाई कोरोना संक्रमण – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

सांसदलाई ‘घिसारेर बाहिर निकाल्न’ आदेश दिने मन्त्रीलाई कोरोना संक्रमण


नयाँ विकल्प
बुटबल – तत्कालिन ५ नम्वर प्रदेशको प्रदेश सभा बैठक चलिरहँदा सभाकक्ष भित्रै विरोध जनाउने नेपाली कांग्रेसका सांसदलाई घिसारेर सभाकक्षवाहिर निकाल्न आदेश दिने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सरकारले तत्कालिन प्रदेश ५ को नाम लुम्विनी र स्थायी राजधानी दाङ राख्ने प्रस्तावको विरोध गरेका कांग्रेसका सभासद्लाई प्रदेशमन्त्री केसीले घिसारेर वाहिर निकाल्न मर्यादापालकलाई आदेश दिएको भिडियो र अडियो सार्वजनिक भएपछि निकै चर्चा बटुलेका थिए ।

प्रदेश मन्त्रीपरिषद्को निर्णयसहित प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव लिएर आसनवाट सभाकक्षमो रोष्टम जानेक्रममा प्रदेश मन्त्री केसीसँग रोष्टम घेरेर नारावाजी गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभासदबीच ठेलम ठेल र प्रस्तावको प्रति खोसा खोस भएको थियो ।

प्रदेश मन्त्री केसीलाई सामान्य रुघा खोकी लागेपछि शुक्रबार बिहान लुम्विनी प्रादेशीक अस्पतालमा स्वाब परिक्षण गरिएको थियो । केसीको स्वाव परिक्षणको रिजल्ट आएसँगै उनीसँगको सम्पर्कमा रहेका उच्च पदस्त नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रदेशमन्त्री केसी मुख्य मन्त्री शंकर पोखरेल, सभामुख पूर्णप्रसाद घर्ती, उपसभामुख, प्रदेश मन्त्री, प्रदेश मन्त्रालयका कर्मचारी र केही संचारकर्मीसमेत कन्ट्याक्ट ट्रेसिङाम परेका छन् ।

संक्रमण पुष्टि भएका प्रदेश मन्त्री केसी मन्त्रीकै सरकारी निवासमा होम आइसोलेसन बनाएर बसेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ आश्विन २३, १५: ५४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ आश्विन २३, १५: ५४

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ आश्विन २३, १५: ५४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...