सांसदलाई ‘घिसारेर बाहिर निकाल्न’ आदेश दिने मन्त्रीलाई कोरोना संक्रमण – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

सांसदलाई ‘घिसारेर बाहिर निकाल्न’ आदेश दिने मन्त्रीलाई कोरोना संक्रमण


नयाँ विकल्प
बुटबल – तत्कालिन ५ नम्वर प्रदेशको प्रदेश सभा बैठक चलिरहँदा सभाकक्ष भित्रै विरोध जनाउने नेपाली कांग्रेसका सांसदलाई घिसारेर सभाकक्षवाहिर निकाल्न आदेश दिने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सरकारले तत्कालिन प्रदेश ५ को नाम लुम्विनी र स्थायी राजधानी दाङ राख्ने प्रस्तावको विरोध गरेका कांग्रेसका सभासद्लाई प्रदेशमन्त्री केसीले घिसारेर वाहिर निकाल्न मर्यादापालकलाई आदेश दिएको भिडियो र अडियो सार्वजनिक भएपछि निकै चर्चा बटुलेका थिए ।

प्रदेश मन्त्रीपरिषद्को निर्णयसहित प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव लिएर आसनवाट सभाकक्षमो रोष्टम जानेक्रममा प्रदेश मन्त्री केसीसँग रोष्टम घेरेर नारावाजी गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभासदबीच ठेलम ठेल र प्रस्तावको प्रति खोसा खोस भएको थियो ।

प्रदेश मन्त्री केसीलाई सामान्य रुघा खोकी लागेपछि शुक्रबार बिहान लुम्विनी प्रादेशीक अस्पतालमा स्वाब परिक्षण गरिएको थियो । केसीको स्वाव परिक्षणको रिजल्ट आएसँगै उनीसँगको सम्पर्कमा रहेका उच्च पदस्त नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रदेशमन्त्री केसी मुख्य मन्त्री शंकर पोखरेल, सभामुख पूर्णप्रसाद घर्ती, उपसभामुख, प्रदेश मन्त्री, प्रदेश मन्त्रालयका कर्मचारी र केही संचारकर्मीसमेत कन्ट्याक्ट ट्रेसिङाम परेका छन् ।

संक्रमण पुष्टि भएका प्रदेश मन्त्री केसी मन्त्रीकै सरकारी निवासमा होम आइसोलेसन बनाएर बसेका छन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७७ आश्विन २३, १५: ५४

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७७ आश्विन २३, १५: ५४

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७७ आश्विन २३, १५: ५४

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...