सार्वजनिक जग्गा मास्न नदिए एड्स रोगी र सुँगुर गाउँमा हुली दिने जग्गा व्यवसायीको धम्की – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सार्वजनिक जग्गा मास्न नदिए एड्स रोगी र सुँगुर गाउँमा हुली दिने जग्गा व्यवसायीको धम्की


नयाँ विकल्प,
काठमाडौं – नागार्जुन नगरपालिका वार्ड नं ७ स्थित किन्सी पुण्डोलका स्थानीयलाई जग्गा प्लटिङ गर्दै आएका व्यवसायीहरुले सार्वजनिक जग्गामा बाटो बनाउन नदिएकोमा गाउँभरी एड्स रोगीहरुको समूह र सुँगुरको बथान हुलिदिने धम्की दिएका छन् ।

नेप्लिज इनिसिएटिभ इन्भेष्टमेन्ट प्राइभेट कम्पनीको नाममा गोवर्धन केसी, मनोज ढकाल, देवेन्द्र धमला, गोविन्द वानियाँ आदिको समूहले नागार्जुन नगरपालिका वडा नं ७ स्थित खोरेबारी भन्ने पुरानो नाम भएको बन नजिकको एक सय रोपनी जग्गासम्म पुग्ने बाटो निर्माण गरी सार्वजनिक जग्गा मासिसकेका छन् ।

जंगल छेउको भिरालो जमिन कौडीको भाउमा किनेर आनाको १२ लाखसम्म बेच बिखन गरी रहेको सो कम्पनीले उक्त जग्गामा बाटो पुर्याउन भन्दै स्थानीयले संरक्षण गरेर राखेको गौचरणबाट बाटो निकास गर्ने, पाटी पौवा भत्काउने, बन जंगल क्षेत्रको वरीपरी डोजर चलाएका छन् ।

ति व्यवसायीहरुले जंगल छेउको भिरालो जमिनमा डोजर चलाउँदै बाटो निर्माण गर्दा उक्त क्षेत्रको बन समेत बिनास भइ रहेको छ ।

सयौं रोपनी जग्गामा अर्कोतर्फबाट बाटो पुर्याउने नाममा हाल पिपलधारा नजिक पानीघाटमा रहेको पाटि पौवा, काजक्रिया गर्ने ठाउँ समेत भत्काएर डोजर हुलेपछि गाउँले आक्रोसित भएका छन् ।

जग्गा प्लटिङ गर्दै हिँडेको सो समूहले पिपलधारासँगै निर्माणाधिन पानीको मुहान, स्थानीयवासीले हिन्दु परम्पराअनुसार काजक्रिया गर्ने स्थान समेत भत्काएर जबर्जंस्ती बाटो निर्मांण गर्ने भन्दै धम्क्याउन थालेपछि शानिबार विहान ८ बजे निजहरुलाई गाउँलेले लखेटेका छन् ।

पिपलधारोबाट अहिले नागार्जुन नगरपालिका वडा नं १०को स्वीचाटारदेखि मानिसहरुले दैनिक एक सयभन्दा बढी जार पानी थाप्ने गर्छन । सो स्थानमा बाटो निर्माण गर्दा धारा पुरिएको खण्डमा पानी मुहानै सुक्ने र गाउँ नै काकाकुल हुने सम्भावना देखिन्छ ।

२०५१ सालमा फोस्टर प्लानको सहयोगमा स्थानीयवासीको श्रमदानमा पानी ट्याङ्की, मुहान, तथा पाटि निर्माण भएको थियो । हाल पिपलधारोबाट ५६ घर परिवारले दैनिक पिउने पानी प्रयोग गरिरहेका छन् । उक्त क्षेत्रका वासिन्दाको काजक्रिया गर्ने स्थान पनि अन्यत्र छैन ।

निजहरुको समूहले जथाभावी डोजर लगाएर बन जंगल क्षेत्र समेत भत्किएपछि ढलको निकास नहुँदा हाल स्थानीय वासिन्दाका १० वटा घरहरु जोखिममा पर्ने भएका छन् ।

उक्त समस्या लिएर जग्गा प्लटिङ गरिरहेका गोवर्धन केसीको समूहले गाउँवासीलाई उल्टै धम्क्याउने, डर, त्रास तथा भौतिक कारबाहीको धम्की दिएको स्थानीयवासी वताउँछन् ।

शनिबार दिउँसो उक्त गाउँको बुद्धिजीवि समाजसेवी, महिला अधिकारकर्मी लगायतको भेलालले स्थानीय सरकारले धम्की दिने समूहलाई कारबाही नगरे नगरपालिका घेराउको कार्यक्रम समेत तय गरेको छ ।

स्थानीय महिलाहरुको समूह र महिला अधिकारकर्मीले महिलामाथि दुव्र्यव्यहार गरेको भन्दै निजहरुको समूहलाई शनिबार लखेटेका थिए । जैविक विविधताले भरिएको जंगल छेउको जमिनमा डोजर चलाएर जग्गा प्लटिङ गर्दा त्यहाँ पहिरोको समेत चुनौति र जोखिम थपिएको छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ आश्विन २४, १५: १८

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ आश्विन २४, १५: १८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ आश्विन २४, १५: १८

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...