स्वास्थ्य मन्त्रालयको चेतावनीः डिष्चार्ज हुनेभन्दा संक्रमित थपिए, अप्ठ्यारो स्थिति आउन सक्छ – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper
कोरोना संक्रमित एकै दिन ५ हजार थपिए १४ को निधन

स्वास्थ्य मन्त्रालयको चेतावनीः डिष्चार्ज हुनेभन्दा संक्रमित थपिए, अप्ठ्यारो स्थिति आउन सक्छ


नयाँ विकल्प

काठमाडौं – सरकारले सावधानी अपनाउन आग्रह मात्रै गर्ने तर सम्भावित संक्रमण रोकथाम गर्न उचित कदम नचाल्दा कोभिड १९ को संक्रमणले मुलुकलाई अप्ठ्यारो परिस्थितिमा लौजान सक्ने सरोकारवाला निकाय र विशेषज्ञले बताउन थालेका छन् ।

पछिल्लो साता संक्रमणबाट बच्न र बचाउन उचित कदम नचाल्दा मुलुकमा कारोना संक्रमितको संख्या डबल डिजिटमा बढ्न थालेका छ । शनिबार मात्र पछिल्लो २४ घण्टामा पाँच हजार आठ जना संक्रमित थपिएसँगै अप्ठ्यारो परिस्थिति आएको सरकारले नै स्वीकार गरेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा नेपालमा पछिल्ला केही दिनदेखि संक्रमितको सख्या निको हुनेको तुलनामा धेरै भएका कारण अप्ठ्यारो स्थिति आईलाग्ने बताएका हुन् ।

नेपालका शनिबारसम्म सक्रिय संक्रमितहरुको संख्या बढेर ३० हजार आठ सय पुगेसँगै अस्पतालका आइसोलेसन सेन्टर, आईसीयू र भेन्टिलेटर भरिँदै गएका छन् । शनिबार एकै दिन पाँच हजार आठ जना संक्रमित थपिएसँगै नेपालमा हाल संक्रमितको कुल संख्या एक लाख पाँच हजार छ सय ८४ पुगेको छ ।

देशका ५८ वटा ल्याबबाट १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार आठ जना संक्रमित थपिदा कोरोनामुक्त हुनेहरूको संख्या १२ सय २९ मात्र छ । संस्थागत आइसोलेसनमा १३ हजार छ सय ५४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ४ सय ७७, प्रदेश २ मा ५ सय ९ जना, बागमती प्रदेशमा ९ हजार १ सय ३ जना, गण्डकी प्रदेशमा ६ सय २५ जना, लुम्बिनी प्रदेशमा १ हजार २ सय ७२ जना, कर्णाली प्रदेशमा ५ सय ५४ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १४ जना संक्रमित छन् ।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या १७ हजार १ सय ६४ जना रहेको छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ आश्विन २४, २२: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ आश्विन २४, २२: ५१

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ आश्विन २४, २२: ५१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...