सहमतिपछि केसीले तोडे २८ औं दिनमा आमरण अनसन, सहमति उल्लंघन नगर्न कांग्रेसको चेतावनी – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
सरकार र केसीबीच भएको ८ बुँदे सहमति

सहमतिपछि केसीले तोडे २८ औं दिनमा आमरण अनसन, सहमति उल्लंघन नगर्न कांग्रेसको चेतावनी



नयाँ विकल्प,

काठमाडौं – चिकित्सा शिक्षा र सेवाको सुधारको माग राखेर विगत २८ दिनदेखि आमरण अनसन भएका बसेको प्राध्यापक डाक्टर गोविन्द केसीले आइतबार बिहान अनशन तोडेका छन् ।

शनिबार राति १० बजे सरकार केसीबीच भएको आठ बुँदे सहमति बमोजिम प्राडा. केसीले आइतबार बिहान त्रिविवि शिक्षण अस्पताल महाराजगंजका कोरोनाबाट निको भएका कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाए ।

अनसन तोपडेपछि केसीलाई शिक्षण अस्पतालको आइसीयुमा लगिएको छ । सरकार र डा. केसीबीच भएको सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपिनाथ मैनाली र डा केसीले नै हस्ताक्षर गरेका छन् ।

डाक्टर केसीले अनसन तोडेपछि केसीको समर्थनमा घोषणा गरिएका सम्पूर्ण विरोधका कार्यक्रम स्थगित भएका छन् ।

डा. केसीसँग भएको सहमति बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भौतिक पूर्वाधार र जनशक्तिको प्रबन्ध गरी आगामी शैक्षिक सत्रदेखि एमबीबीएससहित शैक्षिक कार्यक्रम शुरु हुने भएको छ ।

सहमतिमा सुदूरपश्चिम प्रदेशमा गेटा मेडिकल कलेज स्थापना गर्न कानुनी व्यवस्था गर्ने, प्रदेश २ को बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापना गर्न शिक्षा मन्त्रालयले बजेट व्यवस्था गर्ने र पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको शैक्षिक कार्यक्रम शुरु गर्न पूर्वाधार निर्माण गरिने भएको छ ।

डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र शिक्षा मन्त्रालयले प्रक्रिया अघि बढाउने र विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।

सहमति उल्लंघन नहोसः कांग्रेस

नेपाली कांग्रेसले सरकार र डा. केसीवीच भएको सहमतिलाई स्वागत गर्दै ‘साउनमा सहमति माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन खबरदारी जरुरी हरेको जनाएको छ ।

डा. केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण रहेको भन्दै कांग्रेव प्रवक्ता विश्वप्रकाश शर्माले जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म सरकार पुगेको जनाएका छन् ।

प्रवक्ता शर्माले सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुग्नु सकारात्मक कदम भएको जनाउँदै विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा ०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही बर्षको माघमा उल्लंघन गरेको, डा. के.सी.का मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र उनीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको कांग्रेसको निष्कर्ष छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७७ आश्विन २५, १३: ४८

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ आश्विन २५, १३: ४८

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ आश्विन २५, १३: ४८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...