सूर्यविनायक ‘फेक इन्काउन्टर’ मा संलग्न डिएसपी रुगम कुँवरसहित पाँच प्रहरीलाई कारबाहीको सिफारिस – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

सूर्यविनायक ‘फेक इन्काउन्टर’ मा संलग्न डिएसपी रुगम कुँवरसहित पाँच प्रहरीलाई कारबाहीको सिफारिस

प्रहरी नायव उपरिक्षक रूगमबहादुर कुँवर


नयाँ विकल्प,
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ११ वर्षे बालक निशान खड्काको अपहरणपछिको हत्यामा संलग्न दुईजनालाई दोहोर भिडन्तको नाममा पक्राउपछि गोली हानी प्रहरीले हत्या गरेको ठहर गरेको छ ।

दुई वर्षअघि २०७५ साउन २१ गते प्रहरीले बालक निशान खड्काको हत्यामा संलग्न दुईजनालाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको ठहर गर्दै आयोगले घटनामा संलग्न प्रहरी नायव उपरिक्षक (डीएसपी) रुगम बहादुर कुँवरसहित ५ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

सो घटनामा दोषी देखिएका तत्कालीन डिएसपी कुँवर, प्रहरी नायव निरीक्षकहरू दीपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जीत लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कानुनबमोजिम कारवाहीका लागि आयोगले सिफारिस गरेको हो ।

आयोगको बुधबार बसेको बैठकले काँडाघारी बस्ने ११ वर्षे बालक खड्काको अपहरणपछि हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई प्रहरीले पक्राउ गरेपछि गोली हानेर गैरन्यायिक हत्या गरेको ठहर गरेको हो ।

प्रहरीले भक्तपुरको सूर्य विनायकस्थित जंगलमा लगी गोपाल र अजयलाई गोली हानी मारेको अयोगले ठहर गरेको हो । प्रहरीले भने दुई वर्षअघि नै अपहरणकारीसँग दोहोरो झडप भएको बताएको थियो ।

सो घटनालाई लिएर मृतकद्वयका परिवारले उजुरी दिएपछि अयोगले गठन गरेको विशेषज्ञ सम्मिलित छानविन समितिले पेश गरेको प्रतिवेदनमाथि सुनुवाइ गर्दै आयोगले यस्तो निचोड निकालेको हो ।

आयोगले उक्त घटनामा ज्यान गुमाएका बालक निसान खड्काका परिवारलाई ३ लाख रुपैयाँ र प्रहरीको गोलीबाट ज्यान गुमाएका गोपाल र अजय तामाङको परिवारलाई जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन सरकारलाई सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ आश्विन ३०, १७: ३४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ आश्विन ३०, १७: ३४

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ आश्विन ३०, १७: ३४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...