
नयाँ विकल्प,
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई हजार नौ सय ४२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको सख्या एक लाख ३२ हजार दुई सय ४२ पुगेको छ ।
काठमाडौं जिल्लामा एक हजार चार सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा एक सय ३० जना गरी राजधानी उपत्यकामा आइतबार एक हजार छ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालका कोरोनाका सक्रिय संक्रमितको सख्या ३९ हजार तीन सय ४१ पुगेको छ ।
कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या सात सय ३९ पुगेको छ ।
आइतबार देशभरबाट दुई हजार तीन सय २६ जना कोरोना संक्रमणबाट मुक्त भई डिष्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट डिष्चार्ज हुनेको सख्या ९२ हजार एक सय १६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल नेपालभरका क्वारेन्टाइनमा चार हजार आठ सय ३१ जना बसेका छन् भने आइसीयुमा उपचार गराई रहेका संक्रमितको सख्या आठ सय ७५ रहेको छ । नेपालका विभिन्न अस्पतालमा आइतबार ६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
भेन्टिलेटरमा सबैभन्दा धेरै वागमति प्रदेशमा ४६ जनाको उपचार भइरहेको छ भने प्रदेश २ र कर्णाली प्रदेशमा कुनै पनि संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचारर गर्नु परेको छैन ।
मुस्ताङ संक्रमित शुन्य भएको जिल्ला हो भने मोरङ, सुनसरी, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, वाँके, दाङ र रुपन्देही जिल्लामा आठसय बढी सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...
ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...
काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...