कोरोनाले मोरङमा एकै दिनमा सात जनाको मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कोरोनाले मोरङमा एकै दिनमा सात जनाको मृत्यु


नयाँ विकल्प,

काठमाडौं – मोरङ जिल्लाको विराटनगर महानगरपालिकासहित अन्य भेगका सात जनाको एकै दिन कोरोना भाइरसको संक्रमणको कारण निधन भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।

विराटनगरका विभिन्न अस्पतालमा उपचाररत पाँच महिला र दुई पुरूषको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीकोे, विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धाको र सुनसरीको इटहरी उपमहानगरपालिका –५ का ३८ बर्षे पुरुषको कोशी कोभिड उपचार केन्द्रमा उपभारका क्रममा मृत्यु भएको छ ।

मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय संक्रमित वृद्धको विराट नर्सिङ होममा,विराटनगरकै न्युरो अस्पतालमा एक बृद्धको, महानगरपालिका–१० नंम्वर वडाकी ६४ वर्षीया महिलाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

महानगरपालिका–७ की ६९ वर्षीया वृद्धाको पनि नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्धाको पनि मंगबार बिहान निधन भएको छ ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ कार्तिक ४, १६: ५९

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ कार्तिक ४, १६: ५९

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ कार्तिक ४, १६: ५९

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...