कोरोना संक्रमितलाई ‘बेहोस हुन लागेपछि मात्र अस्पताल जानु’ भन्ने सरकारको उर्दी मान्दा २ को निधन – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

कोरोना संक्रमितलाई ‘बेहोस हुन लागेपछि मात्र अस्पताल जानु’ भन्ने सरकारको उर्दी मान्दा २ को निधन


नयाँ विकल्प,
काठमाडौं – सरकारले कोरोनाको संक्रमण देखिना साथ अस्पताल नआउनु भन्ने उर्दी मान्दा कैलालीमा दुई बृद्धको मृतयु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एक साताअघि नियमित प्रेस व्रिफिङमा मुलुकमा कोरोना संक्रमितको सख्या बढेकाले संक्रमण देखिए पनि बेहोस हुन लागेपछि मात्र अस्पताल लैजानु भनेर आव्हान गरेका थिए ।

कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकालाई अस्पताल नल्याई घरमै उपचार गर्नु भनेर आव्हान गर्दै आएको मन्त्रालयले एक साताअघि भने लक्षण देखिए पनि बेहोस होला होला जस्तो भएमा मात्र अस्पतालमा भर्ना गर्न आमनागरिकमा आव्हान गरेको थियो ।

सरकारको यस्तै आग्रह र आव्हानलाई उर्दी सम्झिएर घरमै बसेका दुई बृद्धाको कैलालीमा निधन भएको छ ।

धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षे पुरुष र धनगढीकै ६० वर्षे अर्कोको मृत्यु भएको छ । । सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी २ का ६८ वर्षे ति पुरुषमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो।

होम आइसोलेसनमै बसिरहेका बेला ति पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

उनको शव अहिले सेती अस्पतालमा राखिएको छ भने अर्का ६० वर्षे व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । उनको पनि अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएकोमा उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोनाको सामान्य लक्षण देखिएकालाई समेत अस्पताल नल्याउनु भन्ने सरकारको आग्रहपछि धेरै संक्रमितहरु यतिवेला घरमै रहेका छन् । स्वास्थ्य समस्या जटिल भएपछि मात्र अस्पताल पुर्याउँदा त्यस्ता संक्रमितहरुको निधन हुने गरेको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ कार्तिक ५, १५: २८

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ कार्तिक ५, १५: २८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ कार्तिक ५, १५: २८

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...