‘कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय लज्जास्पद र निन्दनिय’ – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

‘कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय लज्जास्पद र निन्दनिय’


नयाँ विकल्प,
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमित प्रत्येक नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण धेरै नेपालीको मृत्यु भएको हुँदा प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेका भन्दै कांग्रेस सभापति देउवाले विज्ञप्तिमार्फत यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पिडा थप्ने काम गरेको बताएका हुन् ।

देउवाले नेपाल सरकारले कोभिड–१९ को परिक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद रहेको समेत बताए ।

‘सरकारको यस्तो निर्णयले ऊ जनताका प्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्यबिमुख छ भन्ने देखिएको छ’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मीक स्वास्थ सेवावाट बंन्चित नगरिने, स्वास्थ्य सेवामा समान पहुँच हुने, भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ।’

उनले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भए पनि सरकारले अनेकौं शर्त लगाएर सेवबाट बन्देज लगाएको दाबी गरे ।

‘सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्बोच्च अदालतको पनि अपहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु’, देउवाले आफ्नो वक्तव्यमा भनेका छन् ।

समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परिक्षण, क्वारेन्टाईन, आईसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई ईज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण भएको देउवाले दाबी गरे ।

महामारीको भयावह अवस्था सृजना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार रहेको भन्दै सभापति देउवाले देशमा कालाबजारी, महङ्गी, मिसावट, कृतिम अभाव, भ्रष्टाचार र बेथिति उग्र रुपले प्रकट भएको देउवाको आरोप छ ।

आर्थिक पारदर्शीता, अनुशासन र मितव्ययिता नभएको बर्तमान सरकारले अनावश्यक काममा सरकारी ढुकुटी खर्च गरेको तर नागरिकको स्वास्थ्य बारे सरकार असंवेदनशील बन्न नसकेको दाबी गरे ।

देउवाले कोरोना भाइरसको परिक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरि नेपाली नागरिकको स्वास्थ्य परिक्षण देखि संक्रमितको उपचार सम्मका सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७७ कार्तिक ७, १३: ०६

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ कार्तिक ७, १३: ०६

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
  • २०७७ कार्तिक ७, १३: ०६

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने...