

नयाँ विकल्प
काठमाडौं – कोरोना भाईरसको संक्रमण देखिएपछि सरकारी निवासको आइसोलेसनमा बसेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
पौडेललाई बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा बसेका उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकास दाहालले जनाएका छन् ।
मुख्य मन्त्री पौडेललाई गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारका लागि लगिएको छ । अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको पौडेललको सचिवललयले जानकारी दिएको छ । पौडेललाई सामान्य रुघा लागेको बताइएको छ ।
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् । अधिवेशनले...