कोरोना ब्रिफिङ अब हप्ताकाे दुईदिन मात्रै – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कोरोना ब्रिफिङ अब हप्ताकाे दुईदिन मात्रै


नयाँ विकल्प
काठमाडाैं-सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।दशैंका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो।

अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए। सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो।

उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो। स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो।

सम्बन्धित समाचार

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ कार्तिक १२, १७: ५५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ कार्तिक १२, १७: ५५

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७७ कार्तिक १२, १७: ५५

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...