
नयाँ विकल्प ,
काठमाडाैं-छिमेकी राष्ट्र भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई निर्घात कुटपिट भएको बारे सत्य तथ्य बुझ्न सरकारी टाेली घटनास्थल पुगेकाे छ । देहरादुन घटनास्थल पुग्याे सरकारी टाेलीले गुम्बामा गुम्बामा आश्रित बिद्यार्थीमाथी निर्घात कुटपिट भएकाे ठहर गरेकाे छ ।
भारतको देहरादुनस्थित आश्रममा करिब ५९ जना नेपाली बालबालिकामा खानाको विषयलाई लिएर त्यहाँका लामाले निर्मम यातना दिएका छन् ।
शाक्य गुम्बामा सरकारी टाेली सहित दिल्लीस्थिती प्रवासी नेता आरबी खड्काकाे टाेली पुगेकाे छ।
देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत नेपाली बालबालिकामाथि त्यहाँका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको थियाे ।
साे गुम्बामा अध्यायनरत बागलुङ, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक र रामेछापका अभिभावकहरूले आफ्ना बालबच्चाकाे उद्दारको लागि सरकारसंग आग्रह गरेका छन् ।
यातना पाएका भनिएका ७ जना नेपाली विद्यार्थी नेपाल आईपुगेकाे बताइएकाे छ । देहरादूतस्थित शाक्य गुम्बाले सञ्चालन गर्दै आएको बोर्डिङमा भारतीय प्रशाशन उत्तराखण्ड बाल संरक्षण अधिकार आयोगकी अध्यक्ष उषा नेगी सहित खड्का तथा संचारकर्मीकाे टाेली पुगेकाे हाे ।
बिहीबारमात्र साे बिद्यालयमा अध्यनरत ५१ बिद्यार्थीमाथि कुटपिट भएकाे घटना बाहिर आएकाे थियाे । कुटपिटमा गरिएका मध्ये ४२ जना घाइते भएका छन्।
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...