काेराेना संक्रमितसँग सरकारले नै लिन थाल्याे धराैटी, गरिवले उपचार नपाउने अवस्था – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
महामारीमा सरकारी गैरजिम्मेवारपनकाे पराकाष्टाः

काेराेना संक्रमितसँग सरकारले नै लिन थाल्याे धराैटी, गरिवले उपचार नपाउने अवस्था


नयाँ विकल्प
काठमाडाैं- स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि उपचार शुल्क तालिका सार्वजनिक गरेको छ। सार्वजनिक शुल्क गत शुक्रबारदेखि लागू भएको हाे।

यस अघि धुलिखेल अस्पतालले समेत उपचार पूर्व धराैटि र शुल्क निर्धारण गरेकाे थियाे ।

स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार धरौटी बुझाउनु पर्नेछ।

मन्त्रालयका अनुसार त्यसको दैनिक खर्च भने १५ हजार लाग्नेछ। त्यसैगरी भेन्टिलेटरबिनाको आइसियू र क्याबिन आइसोलेसनमा भर्ना हुन परेमा ३० हजार धरौटी बुझाउनुपर्नेछ। त्यसको दैनिक खर्च भने ७ हजार ५ सय हुनेछ।

मध्यम जटिल अवस्थाका बिरामीहरूका लागि ग्यास्ट्रो आइसोलेसनमा भर्ना गर्न परेमा २० हजार धरौटी बुझाउनुपर्नेछ भने दैनिक तीन हजार ५ सय खर्च लाग्नेछ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था र आवश्यकताका आधारमा दिइने बताइएपनि स्पष्ट निर्देशिका नबनेका कारण यस्ताे सेवा कागजमै सिमित रहने अवस्था बनेकाे छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७७ कार्तिक १६, १५: ११

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७७ कार्तिक १६, १५: ११

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७७ कार्तिक १६, १५: ११

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...