
मङ्गलबारे- मासु र उन्नत नश्लको बाख्राको मूल्य बढेसँगै इलामका युवा व्यावसायिक बाख्रापालनमा सक्रिय भएका छन् ।
लकडाउनको सदुपयोग गर्दै उनीहरूले उक्त पेशा अङ्गालेका हुन् । विदेशबाट फर्किनुभएका इलाम नगरपालिका–२ का लिला खतिवडाले यही पेशालाई व्यावसायिकरूपमै विस्तार गर्ने योजना रहेको बताए। कोरियाबाट फर्किनु भएका उनले रू तीन लाखबाट शुरु गरेकाे व्यवसायमा अहिले रू ७ लाखभन्दा माथिको लगानी देखिन्छ ।
लकडाउन अगाडि एक–दुईवटा मात्र बाख्रा पाल्ने उहाँको परिवार अहिले पूरै बाख्रा पालनमा लागेर नश्ल सुधारका लागि रू एक लाख मूल्य बराबरको बोयर जातको बोका खरिद गर्नाका साथै दुई दर्जनभन्दा बढी बाख्रा पालनमा सक्रिय छ ।
त्यस्तै सन्दकपुर गाउँपालिका ३ का युवा गोपाल खतिवडाले पनि यावसायिकरूपमै उन्नत जातका बाख्रा पालेका छन् । यसरी बाख्रापालन गरी आम्दानी बढाउन र छिटो मुनाफा आर्जनमा यहाँका थुप्रै किसानको सक्रियता देखिएको छ ।
उनीहरूले स्थानीय खरीदेखि जमुना पारी, सिरोही र बोयर जातका बाख्रा पालन गरिरहेका छन् । उन्नत जातको केही बाख्रा पाल्दा वार्षिकरूपमा रू आठ–दश लाखसम्म कमाइ हुने भएकाले धेरै धन कमाउन विदेश जान नपर्ने कृषक गोपालको भनाइ छ ।
वार्षिक ६० देखी ७० वटासम्म बोका उत्पादन गर्नसके पनि सामान्यत रू १० लाखभन्दा बढी आम्दानी हुने उनिहरू बताउँछन् । जिल्लाका विभिन्न भागमा पछिल्ला दिन बाख्रापालन व्यवसाय धेरै विस्तार भएको पाइन्छ ।
चाडबाडमा मासुका लागि खसीबोकाको माग बढ्ने भएकाले ग्राहकहरू घरमै खसीबोका किन्न आउने गरेका छन् । पशु सेवा विज्ञ केन्द्रले जिल्लाभर १७५ वटा फर्म दर्ता भएको जनाएको छ । सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माईजोगमाईलगायत जिल्लाका गोदक, शान्तिपुर, सोयाक र गजुरमुखी बाख्रा पालनका लागि पकेट क्षेत्र मानिएका छन् ।
स्थानीय तहमासमेत फर्म दर्ता गरी किसानले बाख्रापालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरूमध्ये कतिपयले त सरकारी निकायबाट अनुदानसमेत पाएका छन् भने कतिले अनुदानका लागि पनि बढी बाख्रा पाल्न थालेका छन् ।
काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...