गुल्मीबाट विस्थापन हुँदैछन् खरका छाना – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

गुल्मीबाट विस्थापन हुँदैछन् खरका छाना

तम्घास-गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् ।

खरका छाना विस्थापित भएसँगै उनीहरु पानी चुहिने समस्याबाट मुक्त भएका छन् । मदाने गाउँपालिका–६ पुर्कोट दहका प्रेमबहादुर विश्वकर्मा विगत दुई वर्षका बर्खायाममा ढुक्कले निदाउनुभयो । खरको छाना हुँदा चुहिने घरमा अहिले जस्तापाता लगाएपछि उहाँलाई मिठो निद्रा पर्न थालेको हो ।

विसं २०७५ माघमा मदाने गाउँपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि उनी बर्खायाममा पानी चुहिने समस्याबाट मुक्त हुनुभएको छ । “पहिले–पहिले पानी चुहिएर रातमा निदाउनै पाइने थिएन”, उनले भने, “यो वर्ष ढुक्कले निदायौँ ।” सोही ठाउँकी सुन्तली विकको घर पनि खरले छाएको थियो ।

पानी परे चुहिने डर, खडेरी पर्दा आगलागीको डर । त्यही डरलाई दृष्टिगत गर्दै गाउँपालिकाले जस्तापाता दिएपछि उहाँको डर हराएको छ । “घरका बालबच्चासँग डरैडरमा बाँचेकी थिए”, उहाँले भन्नुभयो, “घरमा टिनका छाना लगाउँछाै भन्ने सोचेकी पनि थिइनँ ।” विक परिवारमात्र होइन, अहिले जिल्लाका धेरै परिवारका छाना जस्ताले छाएको छ ।

खरका छाना भएका गाउँ टिनले टल्कन थालेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि खरका छाना विस्थापन गरी टिनका छाना लगाउने कार्यले तीव्र गति पाएको छ । कतिपय स्थानीय तहमा सबै घरमा खरका छाना विस्थापन गरिएको भने कतिपयमा अन्तिम चरणमा पुगेको छ ।

खरका छाना विस्थापन भई जस्तापाता लगाएसँगै नागरिक पनि खुसी भएका छन् । धुर्कोट गाउँपालिकाले शुरु गरेको खरका छाना विस्थापन गरी जस्तापाता लगाउने अभियान अहिले देशव्यापी चलेको छ । सोही कार्यक्रमअन्तर्गत केही स्थानीय तहले आफ्नो स्थानीय तह भित्रका सबै खरका छाना विस्थापन गरिसकेका छन्

। जिल्लाको क्षेत्र नं २ का स्थानीय तहले मात्रै टिनका छानामा रु २० करोड खर्चिएका र चार हजार घरलाई खरका छानामुक्त बनाएका छन् । कोरोनाको कारण खरका छानामुक्त गाउँपालिका घोषणा गर्नमात्र बाँकी रहेको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए । धुर्कोट गाउँपालिकामा अहिलेसम्म ५५० भन्दा बढी घरमा टिनका छाना लगाइएको छ ।

सो जस्तापाताका लागि रु दुई करोड बजेट खर्च भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । “स्थानीय तहको निर्वाचनमा निःशुल्क जस्तापाता दिने आश्वासन दिएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले त्यसैलाई सार्थकता दिँदैछाै।”

मुसिकोट नगरपालिकामा खरका छाना विस्थापित गरी टिनका छाना पाउने कूल लाभग्राही सङ्ख्या ९९३ हुन् । जसमध्ये सबै परिवारले टिन पाएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । जस्तापाता वितरणका लागि अहिलेसम्म कूल रु चार करोड खर्च भएको सापकोटा बताउँछन् ।

कोभिडका कारणले खरका छानामुक्त नगरपालिका घोषणा गर्न नसकिएको उहाँको भनाइ छ । मालिका गाउँपालिकाका कूल लाभग्राही एक हजार ४७ परिवार हुन् । जसमध्ये ९२८ घरधुरी खरका छानामुक्त भइसकेका छन् । बाँकी ११९ परिवारलाई चालू आर्थिक वर्षमा जस्ता उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो । गाउँपालिकाले टिनका छाना खरिदमा अहिलेसम्म रु तीन करोड ९० लाख खर्च गरेको छ । (रासस)

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ कार्तिक १८, १४: ११

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ कार्तिक १८, १४: ११

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ कार्तिक १८, १४: ११

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...