बिहीबार थपिए ३ हजार ५१ नयाँ काेराेना संक्रमित,१८ काे मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

बिहीबार थपिए ३ हजार ५१ नयाँ काेराेना संक्रमित,१८ काे मृत्यु


नयाँ विकल्प
काठमाडाैं -पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १३ हजार ६८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ८५ हजार नौ सय ७४ पुगेको छ । संक्रमणमुक्त भई आज ३४ सय ३० जना डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ४८ हजार चार सय आठजना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनअुसार संक्रमित निको हुने दर ७९.८ प्रतिशत छ । हाल देशभर सक्रिय संक्रमित ३६ हजार पाँच सय १४ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये चार सय २८ जनाको आइसियू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ कार्तिक २०, १७: ०२

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ कार्तिक २०, १७: ०२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ कार्तिक २०, १७: ०२

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...