नेपालका सबै धार्मिक क्षेत्र १ मंसिरदेखि खुल्ने – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

नेपालका सबै धार्मिक क्षेत्र १ मंसिरदेखि खुल्ने


नयाँ विकल्प,


काठमाडाैं- काेराेना संक्रमण फैलिएसंगै लकडाउनका कारण विगत ८ महिनादेखि बन्द धार्मिक क्षेत्र र धार्मिक क्षेत्रको गतिविधि सरकारले १ मंसिरदेखि खुल्ने भएका छन् ।

सरकारले १ मंसिरदेखि सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण ११ चैतदेखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो । ‘काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले १ मंसिरदेखि नै धार्मिक क्षेत्रहरू खुलाउने प्रस्ताव तयार पारेकाे छ ।पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पर्यटन र धार्मिक दुवै क्षेत्रका गतिविधि खुलाउन प्रस्ताव पठाइसकेको छ ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा १ मंसिरदेखि पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिदसमेत खुल्नेछन् । स्वास्थ्य मापदण्ड अपनाएर, सुरक्षित ढंगले अब धार्मिक क्षेत्र खुलाउने र धार्मिक पर्यटकसमेत भित्र्याउन पहल गर्नका लागि खोल्न प्रस्ताव गरिएको मन्त्रालयले जनाएकाे छ ।

सरकारले मंसिरदेखि धार्मिक क्षेत्र खुलाएमा लुम्बिनीसहितका क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको गतिविधि बढ्नेछ । धार्मिक गतिविधि खुला भएमा मनकामना केबलकारसमेत सञ्चालनमा आउनेछन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०७७ कार्तिक २३, ०८: १८

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...

पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन
पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन
  • २०७७ कार्तिक २३, ०८: १८

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् । अधिवेशनले...

प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
  • २०७७ कार्तिक २३, ०८: १८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज भेट गरेका छन् । सिंहदरबारस्थित...