ओलीलाई दुई दिनभित्र बैठक बोलाउन प्रचण्डसहित बहुमत सचिवालय सदस्यको अल्टिमेटम – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

ओलीलाई दुई दिनभित्र बैठक बोलाउन प्रचण्डसहित बहुमत सचिवालय सदस्यको अल्टिमेटम


नयाँ विकल्प,

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय सचिवालयको मंगलबार बसेको अनौपचारिक बैठकले दुई दिन भित्र सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मंगलबार ४ बजे नेकपाको केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको बहुमत सचिवालय सदस्यको बैठकले यस्तो निर्णय गरेको हो ।

सत्तारुढ नेकपामा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको मतभेद र बिबाद चर्कदै जाँदा सचिवालय बैठक बोलाउने वा नबोलाउने भन्ने विषयमा एक सातादेखि मुलुकको राजनीतिक तरंगीत भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी सचिवालयको निर्णय विपरित राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्य प्रधानमन्त्री ओलीसँग रुष्ट छन् ।

आफ्ना बिरुद्ध बहुमत सचिवालय सदस्य लागेपछि डराएका प्रधानमन्त्री ओलीले सचिवालय सदस्य उपयुक्त समयमा बोलाउने भन्दै बैठकको मिति तोक्न आलटाल गरेपछि प्रचण्डसहितका नेताले बैठक बोलाउन ओलीलाई दबाब दिएका हुन् ।

गत कात्तिक २० गते बसेको सचिवालयका बहुमत सदस्यको बैठकले प्रधानमन्त्री ओलीसँग सचिवालयको औपचारिक बैठक बोलाउन लिखित आग्रह गरेका थिए ।

बहुमत सदस्यको लिखित आग्रहलाई समेत ओलीले बेवास्था गरेपछि मंगलबार दिउँसो बसेको बैठकले कात्तिक २७ गतेसम्म बैठक बोलाउन माग गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

धुम्वाराहीमा बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ उपस्थित थिए । प्रधानमन्त्री ओली बुधबार उपत्यकाबाहिर जाने भएपछि बिहीबारसम्म ओलीलाई पर्खने प्रचण्डसहितका नेताको सचिवालय बैठकले निर्णय गरेको हो ।

प्रचण्ड निकट भनेर चिनिएका पूर्वमाओवादी पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा बादल भने प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा सहभागी भएका छैनन् । अर्का अध्यक्ष ओलीलाई भने उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले मात्र साथ दिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ कार्तिक २५, १८: ५८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ कार्तिक २५, १८: ५८

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ कार्तिक २५, १८: ५८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...