भूपि पुरस्कार’का लागि कृति आह्वान – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

भूपि पुरस्कार’का लागि कृति आह्वान

नयाँ विकल्प

पाेखरा- धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए। पुरस्कारको राशि रु २५ हजार छ । आउँदो पुस १० गते भूपि जयन्तीका अवसरमा पुरस्कार समर्पण गरिने छ ।

कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका विवेचनात्मक कृतिले पुरस्कारको मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने अध्यक्ष रोशनले बताए । अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’का लागि विसं २०७५ को ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले प्राप्त गरेका थिए ।

दोस्रो पुरस्कार संस्थागततर्फ गत वर्ष थकाली समाज बुटवलले पाएको थियो । समाज भूपिको स्मृतिमा प्रवेशद्वार, शालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रवद्र्धनमा सक्रिय छ । भूपि जयन्तीकै अवसरमा प्रतिष्ठानले ‘धवलागिरि साहित्य सम्मान’समेत प्रदान गर्दै आएको छ । रासस

यो वर्षपदेखि ‘काजी रोशन युवा पुरस्कार’समेत प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष रोशनले जानकारी दिए। विसं २०७३ मा स्थापित पुरस्कार कोषमा हालसम्म रु सात लाखभन्दा बढी जम्मा भएको छ । जनस्तरबाट सहयोग जुटाएर पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । विसं १९९० पुसमा मुस्ताङको थाक, टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्यको विशिष्ट प्रतिभा हुन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ मंसिर ९, ०७: ५५

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ मंसिर ९, ०७: ५५

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ मंसिर ९, ०७: ५५

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...