
नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेकपाको नौ सदस्यीय सचिवालय बैठक मंगलबार बस्नुअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केक काटेर पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई खुवाइएका छन् ।
आजबाट ६१ वर्ष पुरा गरी ६२ वर्षमा प्रवेश गरेका पौडेललाई जन्म दिनको अवसर पारेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्नुअघि ओलीले केक काटेर खुवाएका थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयका अन्य सदस्यले शुभकामना दिएका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटसस पोष्ट गर्दै ‘महासचिव कमरेड विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको छ ।’

प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले ‘१०० बर्ष बाँच्नुहोस र राम्रो काम गरेर जानुहोला’ भन्दै शब्दमा शुभकामना दिएका दिएको थापाले जनाएका छन् ।

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...