
नयाँ विकल्प,
काठमाडाैं – पछिल्लो केहि दिन यता शेयर बजारमा सेलिङ प्रेसर बढ्न थालेको छ। लगानीकर्ताले प्रोफिट बुकिङ गर्न थालेपछि बजारमा सेलिङ प्रेसर बढेकाे छ जसले गर्दा नेप्से सूचक ओरालो लाग्न थालेको छ।
आइतबार हालसम्मकै धेरै १२३ अंकले घटेको बजारमा सोमबार पुनः केहि सुधार देखिएको थियो तर मंगलबार र बुधबार बजारमा बिक्री चाप बढ्दा सूचक ओरालो लाग्न थालेको छ ।
विहिबार सेयर बजार झिनाे अंकले बढेपनि काराेबार रकम बुधबारकाे तुलनामा निकै कम भएकाे छ।
साताको पाँचाै कारोबार दिन विहिबार नेप्से सूचक ८ दशमलव २७ प्रतिशतले बढेपनि काराेबार रकम घट्याे । यस दिनकाे काराेबार ४ अर्व १४ कराेड ६३ लाख २१ हजार ५० रूपियाँमा काराेबार सिमित बनेकाे छ ।
सेयरबजार घटने आशंकामा लगानीकर्ता सेयर किन्न हिच्किचाएका कारण सेयर बजारमा काराेबार रकम दैनिक ओरालाे लाग्दै गएकाे छ । । आइतबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ६ अर्बको हाराहारीमा झरेको थियो भने मंगलबार ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। बुधबार कारोबार रकम झण्डै १ अर्ब रुपैयाँले घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा झरेको थियाे ।
साताकाे अन्तीम काराेबार दिन विहिबार पुनः ६० कराेड कम काराेबार भएकाे छ । बुधबार १ करोड ८ लाख कित्ता शेयर कारोबार भएको मा विहिबार घटेर ९८ लाख ८३ हजार १९७ कित्ता सेयर मात्र काराेबार भएकाे छ ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...