विपक्षीहरुलाई प्रदर्शन नगर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

विपक्षीहरुलाई प्रदर्शन नगर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह

नयाँ विकल्प,

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन् ।

पाकिस्तानमा कोभिड १९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न भनेका हुन । पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरु लागेका छन् ।

उनीहरुले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन् । यसअअघि देखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर पनि विपक्षीहरुले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा यो आग्रह गरेका हुन । पाकिस्तानका अधिकारीहरुले सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् ।

अर्का तर्फ यहाँका विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् । यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले जानकारी गराएका बताइएको छ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ मंसिर २६, १२: ११

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ मंसिर २६, १२: ११

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ मंसिर २६, १२: ११

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...