
काठमाडाैं- कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै छन् ।
नेपाली समयअनुसार सो प्रतियोगिता अपराह्न ३ बजे हुँदैछ । प्रतियोगिताको जापानी टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गर्ने र भिडन्त हेर्न हजाराै खेलप्रेमी दर्शकको सहभागिता हुने बताइएको छ ।
अहिले उनी अन्तिम प्रशिक्षणमा व्यस्त छन् । युवा समाजसेवी रामनारायण घिमिरेले दिएकाे जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल आफ्ना बुबाकै विशेष प्रतिक्षणमा व्यस्त रहेका छन् ।
हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण लिँदै आएका छन् । “मेरो प्रशिक्षणमा अविरल कडा मेहनतका साथ प्रशिक्षणमा छ, उसले के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा चुम्नेमा म विश्वस्त छु”, प्रशिक्षक देवकुमारले भने ।
उनका अनुसार कम उमेरमा सो प्रतियोगितामा भिड्ने अविरल पहिलो युवा बक्सर हुन । किक बक्सिङ खेलमा विश्वको चर्चित एवं प्रतिष्ठित सो प्रतियोगितामा २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिप कुमुरासँग भिड्ने छन् ।
बक्सर कुमुरा पनि बक्सिङ खेलका अन्तरराष्ट्रिय खेलाडी हुन् । अविरलले कुमुरलाई पराजित गरेमा नेपालको बक्सिङ खेलको प्रतिष्ठाले थप अन्तरराष्ट्रिय ख्याति कमाउने छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा रहँदै आएका छन् ।
बक्सर अविरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । ‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्दछ ।
सो प्रतियोगितामा विगतमा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टकासमेत खेलाडी देवकुमारले सन् २००४ मा भाग लिने माैका पाएका थिए । उनकाे अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षकसमेत रहेका छन् ।
अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएका गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायणले जानकारी दिए ।
“अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि अविरललाई सरकार, खेलप्रेमी नेपाली जनताले थप उत्साह, हौसला तथा प्रोत्साहन भरिदिन म आग्रह गर्दछु ।”
सामाजिक सञ्जालमा हालै देवकुमारले पोष्ट गर्दै भनेका छन् । यसैगरी गैरआवासीय नेपाली सङ्घका जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा छनोट हुनु नेपालका लागि प्रतिष्ठा र गर्वको कुरा रहेको जानकारी दिए ।
बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए ।
यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्न सफल भएका थिए ।
सामाजिक सञ्चालमा बक्सर अविरलले भनेका छन् ।, “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वसित थप परिचित गराउन चाहन्छु । यसका लागि मलाई थप ऊर्जा र हौसला भरिदिनुहोस् । म के वन किक बक्सिङ प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु । यसका लागि म कठोर प्रशिक्षणका साथ अन्तिम तयारीमा छु । रासस
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...