
नयाँ विकल्प,
काठमाडौ– नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शनको तयारी गरिरहँदा जिल्ला कार्यसमिति काठमाडौंले पाँच स्थानबाट जुलुस–¥याली निकाली शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंको सभापति सवुज (कृष्ण) बानियाँका अनुसार काठमाडौं जिल्लाले सोमबार हुने सरकारबिरोधी प्रदर्शनमा जिल्लाका १० वटा क्षेत्रिय समितिले पाँच फरक–फरक ठाउँबाट जुलुस निकाल्ने तयारी भएको छ ।
काठमाडौंको निर्वाचन क्षेत्र नं १ ले पद्मोदय मोडबाट क्षेत्र नं २, ३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्वर ५,६ र ७ ले लैनचौरबाट, क्षेत्र नं ८ ले बसन्तपुरबाट र क्षेत्र नं ९ र १० ले शहिदगेटबाट छुट्टाछुट्टै जुलुस निकाल्ने भएका छन् ।
पाँच ठाउँबाट निकालिएको विरोध ¥याली त्रिचन्द्र कलेज अघि एकीकृत भइ बागबजारबाट पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, भद्रकाली, शहिदगेट, सुन्धारा, भोटाहिटी हुँदै शान्तिबाटिका पुग्ने भएको छ ।
काठमाडौं जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा नेता रामचन्द्र पौडेल खटिएका छन् । प्रमुख वक्ताको रुपमा पौडेलाई खटाइएको छ भने अन्या युवा वक्ताहरु पनि समावेस गरिएको छ ।
सोमबारको प्रदर्शन व्यवस्थित, भव्य र बृहत बनाउन पार्टीकोे जिल्ला स्तरिय भ्रातृ संगठनहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायतलाई परिचालन गरिएको छ । प्रदर्शनमा सामाजिक दूरी कायम गरी अनिवार्य माक्सको प्रयोग गर्न सूचित गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...