
नयाँ विकल्प
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले चमती जग्गा एकीकरण आयोजनाभित्रको सडकको कालोपत्रको आज शुभारम्भ गरेका छन् ।
काठमाडौँ महानगरपालिका र चमतीका बासिन्दाको साझेदारीमा झण्डै एक हजार ४०० रोपनी क्षेत्रफलमा जग्गा प्लानिङ गर्न शुरु गरिएको आयोजनाको ढल निर्माण र सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । सो अवसरमा राज्यमन्त्री मानन्धरले वर्तमान सरकारले जनतामा आशा जगाउने धेरै काम गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक समृद्ध हुने विश्वास व्यक्त गरे ।
कामका प्रमुख विद्यासुन्दर शाक्यले चमती आयोजना सम्पन्न हुनेतर्फ अघि बढेको जनाउँदै सुन्दर शहर निर्माण अभियानमा सो आयोजना उदाहरणीय हुने बताए । कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालले आयोजना सकिएसँगै वडा कार्यालयका प्रशासनिक कामका लागि सोही स्थानमा कार्यालय निर्माण गरी सार्ने तयारी भएको जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...