
नयाँ विकल्प,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट सांसदहरुले संघीय संसदको विशेष अधिवेशनको माग गरेका छन् ।
संसद अधिवेशन सकिएको ६ महिना भित्रै अर्को अधिवेशन बस्नु पर्ने बैधानिक प्रावधान अनुसार नियमति अधिवेशन आउन दुई साता मात्र वाँकी रहँदा नेकपामा असन्तुष्ट सांसदहरुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी विशेष अधिवेशनको काम गरेका हुन् ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारीसमक्ष पेश गर्ना साथ हिँजै अध्यादेश जारी भएको छ ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको आन्तरिक टकराव र बिबाद बढ्दै जाँदा मंगलबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटासमेत उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्न मन्त्रिपरिषदबाट सिफारिस गर्ने निर्णय गराएका थिए ।
नेकपा अध्यक्ष दाहाल निकटकी नेतृ पम्फा भुषाल र बरिष्ठ नेता माधवकुमार नेपाल निकटका भिम रावल लगायतका सांसदहरु अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर शीतलनिवास पुगेका थिए । तर, नेकपाका सांसदहरु निवेदन भने दर्ता गराएका छैनन् ।
संविधानको धारा ९३ को उपधारा तीन मा एक चौथाई सांसदले लिखित रुपमै निवेदन दिए राष्टपतिले विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
संघीय संसदको हिउँदे अधिवेशन आगामी पुस १८ गते भित्र बस्नै पर्ने संवैधानिक व्यवस्थालाई बेवास्था गर्दै ओली सरकारले अधिवेशन बोलाउन आलटाल गरी एकपछि अर्को अध्यादेशको तयारी गरेको नेकपाका सांसदहरुको आशंका छ ।
बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीले भने संसद अधिवेशन बोलाउने हस्ताक्षर फिर्ता लिन प्रचण्डलाई दबाब दिएका छन् । जवाफमा प्रचण्डले पहिले अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेका छन् ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...