सहयोगी महाविद्यालय जहाँ बुहारीलाई निःशुल्क शिक्षा दिइन्छ – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

सहयोगी महाविद्यालय जहाँ बुहारीलाई निःशुल्क शिक्षा दिइन्छ

नयाँ विकल्प

काठमाडाैं

नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो । गत आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको रु २० लाख र सांसद पूर्वाधार कोषबाट प्राप्त रु ५० लाख गरी रु ७० लाखको बोलपत्र गरी भवन शिलान्यास गरिएको महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिए ।

दुईतले आठकोठे भवन निर्माण गर्न रु १५ करोड सात लाख लागत अनुमान गरिएको छ । चालू आवमा पनि नगरपालिकाले रु ४० लाख बजेट विनियोजन गरेको छ । विसं २०६० मा स्थापित महाविद्यालयमा हाल १०८ विद्यार्थी अध्ययनरत छन् । त्रिभुवन विश्विद्यालयबाट सम्बन्धन प्राप्त महाविद्यालयमा अध्ययन गरिरहेका १९ बुहारीलाई निःशुल्क शिक्षा दिइएको छ ।

निःशुल्क शिक्षा दिन नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । महाविद्यालयमा ४१ छात्रासमेत अध्ययन गरिरहेका छन् । कूल विद्यार्थीमध्ये महिलाको सङ्ख्या बढी रहेको महाविद्यालय प्रशासनले जनाएको छ । महाविद्यालयको भवन नभएकै कारण हाल व्यवस्थापन सङ्कायअन्तर्गत बिबिएसको मात्र कक्षा सञ्चालन गरिएको छ । भवन बनेपछि अन्य सङ्कायको समेत अध्यापन गराइने जनाइएको छ ।

भवन शिलान्यास गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाइ, बुझाइ र सिकाइ सीप सिक्न तथा कार्यान्वयन गर्न हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद कृष्णबहादुर राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आवश्यकतानुसार उच्च शिक्षामा पनि लगानी गरिरहेकाले आगामी दिनमा समेत बढाइने प्रतिबद्धता जनाए । नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाका तर्फबाट बुहारी एवं छोरी शिक्षालाई प्रोत्साहन गर्न गत वर्ष शैक्षिक सामग्री वितरण गरिएकोे जानकारी दिए ।

महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ पुष २, १२: ३१

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ पुष २, १२: ३१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ पुष २, १२: ३१

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...