
नयाँ विकल्प
एजेन्सी- बंगलादेशले बुधबार आफ्नो ५० औं विजय दिवस मनाएको छ । यस अवसरमा बंगलादेशमा शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न सैनिक परेडलगायतका कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।
बंगलादेशका राष्ट्रपति एमडी अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना सो विदय उत्सव सम्बन्धी कार्यक्रममा सहभागी भएकी थिइन् । बंगलादेशको राजधानी ढाकामा बुधबार विजय उत्सवका लागि विशेष कार्यक्रमहरुको आयोजना गरिएको बताइएको छ ।
सन् १९७१ मा भएको स्वतन्त्रतासम्बन्धी युद्धमा भएको विजयको स्मरण गर्दै बंगलादेशले डिसेम्बर १६ लाई विजय उत्सवका रुपमा मनाउने गर्दछ ।
बंगलादेशमा पनि पछिल्लो समयमा कोभिडको महामारी बढ्दै गएकोले यस वर्षको विजय उत्सव भने पहिले पहिलेका वर्षहरुमा जस्तो व्यापक रुपमा भने सम्पन्न गर्न नसकिएको बंगलादेशको राजधानी ढाकाबाट प्राप्त भएका समाचारहरुमा जनाइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...