
एजेन्सी -अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बसेका छन् अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उहाँलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उहाँ क्वारेन्टाइनमा बसेकाे जनाइएकाे छ छ । उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बसेकाे बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उनी क्वारेन्टाइनमा बस्ने छन् र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।
उनको तत्काल गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उनी क्वारेन्टाइनमा बस्नुुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
उनका चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेकाे पनि सो विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...