
नयाँ विकल्प ,
बेल्जीयम- नेपाली जनसम्पर्क समिती बेल्जियमले हिजो बसेको भर्चुअल बैठक द्वारा संसद बिघटनको घोर भर्त्सना गरेको छ। नेपाली जनसम्पर्क सभापती बेल्जियम सीता सापकोटा द्वारा प्रेशित विज्ञप्तीमा जनताले लामो समय आन्दोलन गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संबिधानसभा मार्फत निर्माण गरिएको संबिधानमा दुरगामी असर र ब्यबस्था माथी नै निराशा फैलाउने जोखिम बढाएकाे उल्लेख गरिएकाे छ ।

समितीले प्रधानमन्त्री केपि ओलिले गरेको संसद भंगको सिफारिस र बुलेटकै रफ्तारमा सिफारिस सदर गर्ने महामहिम रास्ट्रपतिको भुमिका संबिधानमा प्रस्ट लिखित ब्यबस्था , लोकतान्त्रिक मान्यता एवं संबैधानिक प्रक्रिया बिपरित भएको छर्लङ्ग भएकाे जनाएकाे छ ।
आफ्नै पार्टीको स्पस्ट बहुमत भएको अबस्थामा आफुले सरकार चलाउन नसके पार्टी भित्र प्रसस्त अन्य बिकल्प जिबित हुँदा हुँदै गरिएको संसद बिगठन र अभिभावकिय भुमिका निर्भाह गर्नु पर्ने संबिधानको संरक्षक राष्ट्रपतिबाट नै योजनाकारको जस्तै भुमिका देखिएको हुँदा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको घोर भर्त्सना गर्दछौँ सापकाेटाद्वारा प्रेशित विज्ञवप्तीमा भनिएकाे छ ।
आफ्नो पार्टी भित्रको आन्तरिक द्वन्दका कारणले सिंगो मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाईदैन भन्दै समिति प्रधानमंत्री ज्युले लहडमा गरेको संसद बिघटनको निर्णय असंवैधानिक र अलोकतानत्रिक छ,मुलुकको संविधान विपरीत छ लोकतन्त्रको मर्म र भावना विपरीत छ र राष्ट्र हीत विपरीतकाे कदम भनेकाे छ ।मुलुकलाई संकट र अस्थिरता तर्फ धकेल्ने र लोकतन्त्रमाथी नै बलत्कार गर्ने यस्ता असंबैधानिक र गैर लोकतान्त्रिक कदमको नेपाली जनसम्पर्क समिती बेल्जियम घोर भत्सर्ना गर्दै सम्मानीत सर्वाेच्च अदालतबाट यस्ताे गंभीर विषयमा न्याय निरूपण हुने आशा समेत ब्यक्त गरिएकाे छ ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...