
नयाँ विकल्प
काठमाडाैं- गत आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको उच्चस्तरीय चिनियाँ टोली चारदिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएको छ ।
चारदिने भ्रमणमा यस टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलाई भेटेको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि निवासमै पुगेर चिनियाँ टोलीले भेटघाट गरी छलफल गरेको थियो ।
त्यसैगरी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललाई पनि यस टोलील भेटेर छलफल गरेको थियो । ओली, दाहाल र नेपालसँगको भेटमा नेकपामा देखापरेको विवादलाई मिलाउनेतर्फ यस टोलीले सुझाब दिएको स्रोतले जनाएको छ । साथै प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालसँग पनि यस टोलीले भेट गरेको थियो ।
सत्तारुढ दल नेकपामा फुट आएपछि दलको एकताको सन्देश बोकेर उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको थियो । यस भ्रमणलाई केहीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको भनेर पनि आलोचना गरेका छन् । तर, चीनले भने नेपालप्रति हस्तक्षेप नभई सदभावका लागि मात्र भ्रमण भएको जनाएको छ । टोली चार्टर्ड विमानमार्फत आज बुधबार बिहान स्वदेश फर्केको हो ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...