युट्युबले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगायाे – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

युट्युबले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगायाे

नयाँ विकल्प

एजेन्सी- गुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । गुगलले ट्रम्पलाई प्रतिबन्ध लगाउनुका साथै वाइट हाउसलाई पनि चेतावनी दिएको छ । ट्रम्पले गुगलको नीति उल्लंघन गरेपछि ७ दिनसम्म उनलाई भिडियो अपलोड गर्न प्रतिबन्ध लगाएको हो । ट्रम्पका भिभियोहरुमा कमेन्ट गर्नलाई पनि प्रतिबन्ध लागेको छ ।

गुगलले ट्रम्पको कुन भिडियोले नीति उल्लंघन गरेको भन्ने विषयमा भने प्रस्ट पारेको छैन । तर उनले भिडियोमा हिंसा भट्काउने किसिमको अभिव्यक्ति दिएको गुगलले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब एकाउन्टमा २० लाख ७७ हजार भन्दा बढी फलोअर्स रहेका छन् । ट्रम्पले दैनिक आफू स्वयं र आफूलाई समर्थन गर्ने मिडियाहरुका विभिन्न भिडियोहरु आफ्नो एकाउन्टमा राख्दै आएका छन् ।

यता, टुइटर र फेसबुकले यसअघि नै डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाइसकेका छन् । टुइटरले स्थायी रुपमै ट्रम्पको एकाउन्ट बन्द गरेको छ । यद्दपि, ट्रम्पले एक सरकारी खातामार्फत शुक्रबारसम्म टुइट गरिरहेका थिए । टुइटरले उक्त सरकारी खातामा पनि प्रतिबन्ध लगाइसकेको छ ।

गुगलले पनि शुक्रबार आफ्नो ‘पार्लर’ नामक सामाजिक सञ्जाल एपलाई प्लेस्टोरबाट हटाइसकेको छ । ट्रम्पका समर्थकहरु माझ चर्चित रहेको उक्त एपलाई हटाएपछि एन्ड्रोइड प्रयोगकर्ताहरुले डाउनलोड गर्न पाएका छैनन् । युट्युबका भिडियोहरु अन्य विभिन्न माध्यमहरुमा सेयर गर्न मिल्ने भएकाले यसको पहुँच ठूलो समूहसम्म पुग्ने गर्दछ । तर त्यसमा पनि प्रतिबन्ध गलाइएपछि ट्रम्पलाई आफ्ना समर्थकहरुसम्म पुग्न समस्या भएको छ ।

सम्बन्धित समाचार

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७७ पुष २९, १४: ३२

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २९, १४: ३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २९, १४: ३२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...