
नयाँ बिकल्प,
विराटनगर – कुनै बेला कानून निर्माण गर्ने सर्वोच्च थलो व्यवस्थापिका संसदको सदस्य समेत रहेका प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई कानून विपरित अनमेला बिबाहको तयारीमा छन् ।
४९ वर्षे उमेरका मुख्यमन्त्री राईले संखुवासभाकी २२ वर्षे एक युवतीसँग आगामी माघ ११ गते बिबाह गर्न लागेका हुन् । आफूभन्दा २७ वर्ष कम उमेरकी ति युवति भने मिस मंगोल २०१८ की विजेता जाङ्बु शेर्पा हुन् ।
मुख्य मन्त्री राईको माघ ११ गते काठमाडौंमा विवाह हुने उनको सचिवालयले जनाई सकेको छ । सर्वसाधरण कुनै नागरिकले यसरी अनमेल बिबाह गरेको हुन्थ्यो भने यतिबेला झ्लाखानामा बास हुने थियो होला । तर, राई उच्च पदस्त र प्रभावशाली भएकै कारण कानूनले छुने कुरै भएन ।
विवाह गर्ने महिला र पुरुषबीच उमेरको अन्तर सामान्यतया २० भन्दा फरक हुन नहुने प्रावधान मुलुकी ऐनमा छ । तर, राईलाई यस्तो ऐनले छुने अवस्था देखिँदैन् ।
मिस मंगोल २०१८ को ताज विजेता शेर्पासँग हुने विवाहमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यहरू मात्र सहभागी हुने बताईएको छ । किशोर उमेरदेखि नै राजनीतिमा सक्रिय राईले मोडलसँग विवाह गर्न लागेका हुन् ।

राईले मुख्यमन्त्री भएपछि मात्रै विवाह गर्ने प्रतिबद्धता जनाएका थिए । पछिल्लो समयमा उनले प्रदेश १ को नामकरणपछि मात्र विवाह गर्ने बताएका थिए । तर, प्रदेशको नामकरण अझै हुन सकेको छैन । शेर्पाका माता र पीता भने संयुक्त राज्य अमेरिकामा बस्छन् ।
मुख्य मन्त्री राईले विवाह गर्न लागेकी युवति शेर्पाले पिछडिएका क्षेत्रका विद्यालय जान नपाएका बालबालिकालाई छात्रबृत्ति दिनको लागि कोषको संचालन गरेकी छन् । उनले आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान नसकेका बालबालिकालाई आर्थिक र अन्य सहयोग गर्दै आएकी छन् ।

आफूभन्दा २७ वर्ष कम उमेरकी जाङ्वुसँग विवाह गर्न लागेका राईमाथि तत्कालिन नेकपा एमालेककी युवा संघकी नेतृ बालिका खड्काले आफूमाथि शारिरीक शोषण भएको बताउँदै आएकी छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रहेकै बेला २०७२ सालमा बालिकालाई आफूलाई बिबाह गर्ने भनेर राईले शारिरीक शोषण गरेको भन्दै गुनासो गरेकी थिइन् । उनको उजुरी प्रहरीले लिन मानेको थिएन् ।

सचिवालयमै रहेका बेला राईमाथि यस्तो आरोप लागेपछि खड्कालाई प्रधानमन्त्रीको सचिवालयबाट हटाइएको थियो । दोलखा स्थायी घर भएकी खड्काले आफूलाई मुख्यमन्त्री राईले विवाह गर्नु पर्ने माग गर्दै आएकी थिइन् । तर, प्रहरीले राईको दबाबामा उनको उजुरी आजसम्म लिएको छैन् ।
गृह जिल्ला भोजपुर भएका राईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माईति घर ‘भोजपुर’ भएकै आधारमा राजनीतिक संरक्षण गर्दै आएको नेकपाका नेताहरु बताउँछन् । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा २८ वर्षकै उमेरमा सांसद भएपछि राई चर्चामा आएका थिए ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...