ललितपुर महानगरकाे पहिचानः साइकल लेन भएको पहिलाे शहर ! – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
मेयर चिरिवाबुकाे प्रयासले ललितपुरले पायाे अर्काे पहिचान

ललितपुर महानगरकाे पहिचानः साइकल लेन भएको पहिलाे शहर !

नयाँ विकल्प

काठमाडाैं- ललितपुरको अर्को पहिचान थपिएको छ, साइकल लेन भएको शहर भनेर यो शहर चिनिएको छ अब ।

ललितपुर महानगरपालिकमा प्रवेश गर्ने जो कोही पनि यो थाँहा पाउछन् । त्यहा सडकको किनारामा साइल लेन बनाइएको छ । ललितपुरमा साइकल लेन राख्ने अवधारणा हो, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबुर महर्जनको ।


पाटन अस्पतालका डाक्टर तथा प्रोफेसर पवन शर्मा अझै पनि साइकलबाटै कुपोण्डलदेखि कार्यालयसम्म आवातजावत गर्छन् । साइकलबाट यात्रा गर्दा अहिले उनले आफूलाई सुरक्षित महशुस गर्छन, कारण हो, ललितपुर महानगरपालिकाले बनाएको साइकल लेन । साइकल बनाइएको ठाउँमा उनले साइकल लेन नै प्रयोग गर्छन ।


महानगरापालिकाले बनाएको साइकल लेनले साइकल प्रयोग गर्न उनलाई थप प्रोत्साहित गरेको छ । र भन्छन, महानगरपालिकाले धेरै राम्रो काम गरेको छ । यो उदाहरणीय काम हो । यसको सिको अरु शहरले पनि गर्नु पर्छ ।’

साइकल स्वास्थ्यकोलागि मात्र फाइदाजनक नभएको चर्चा गर्दै उनले भने,‘वातावरणीय दृष्टिकोबाट पनि सबै शहरहरुले साइकललाई प्रोत्साहित गर्नु पर्छ । त्यसकोलागि हरेक सडकमा साइकल लेन बनाउनु पर्छ ।’ आफनो भावना ललितपुर महानगरपालिकाले बुझेकोमा उनी खुशी छन् । साइकल लेन बने पछि शर्मा मात्र खुशी छैनन, साइकल लेनबाट यस्ता धेरै साइकल पारखीहरु उत्साहित भएका छन् ।

‘साइकल लेन नबन्दा साइकल यात्रीहरुलाई अन्य सवारी साधानहरुले हेप्थे । पेल्न खोज्थे । तर अहिले त्यस्तो स्थिति छैन । जति अधिकार ती सवारी साधनको छ, त्यती अधिकार हाम्रो पनि छ भन्ने महशुस हामीलाई हुन्छ’नेपाल साइकल सोसाइटिकीका उपाध्यक्ष सोमराज राणा भन्छन,‘साइकल लेनले साइकल यात्राीलाई सुरक्षित महशुस गराएको छ । साइकल लेनकोलागि छुट्टयाइएको बाटो मेरो हो भन्ने हामीलाई लाग्छ ।’


राणा शामाखुशी बस्छन र उनको कार्यालय डिल्ली वजार हो । उनी निवासदेखि कार्यालयसम्म साइकलबाटै आउने÷जाने गर्छन । कामको सिलसिलामा उनी ललितपुर पनि पुग्छन । जब उनी साइकल लेनमा पुग्छन, त्यसपछि उनी धेरै खुशी हुन्छन् । साइकल लेनको अवधारणा ल्याएकोमा उनी ललितपुर महानगरपालिकाप्रति आभारी छन् । किनभने ललितपुर महानगरपालिकाले उनको भावना बुुझेको छ । शर्माको झैं उनको पनि सुझाव छ, ललितपुरले सुरु गरेको यस अभिायनलाई अन्य महानगरपालिका तथा नगरपालिकाले पनि सिको गरुन ।


जब ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले चुनाव जिते । उनलाई लाग्यो महानगरपालिकालाई स्मार्ट सिटि बनाऔ । यसकोलागि उनले अध्ययन गर्न सुरु गरे । विश्वका विकसित स्मार्ट सिटिबारेमा उनले गहिरो अध्ययन गरे । स्मार्ट सिटिले कस्ता कस्ता विषयलाई प्राथमकिता दिएका हुन्छन, यसबारेमा उनले प्रारम्भिक अध्ययन गर्न गरे । ‘सबै स्मार्ट सिटिहरुले साइकल लेनलाई टप टेनमा प्राथमकितामा राखेको पाए’महर्जनले भने‘क्यानडा लगायत केही शहरले त साइकल लेनलाई पहिलो प्राथमकितामा राखेको बुझे ।’ यसपछि उनले ललितपुर महानगरपालिकामा साइकल लेन बनाउने सोच बनाए र यसकोलागि कार्यक्रम तयार गरे । उनी भन्छन,‘मेरो अभियान हो, ललितपुरलाई साइकलमैत्री शहर बनाउने ।’


ललितपुरलाई साइकलमैत्री शहर बनाउन उनले पोहर साल ५० लाख रुपैयाँ छुट्टयाए । त्यसमध्ये करिब ३२÷३३ रुपैयाँ खर्च भएको उनी बताउछन् । त्यसबाट ललिपतुर महानगरमा साढे १० किमि लामो साइकल लेन तयार भएको छ । यस वर्ष उनले महानगरपालिकाले २२ दशमलब ५ किमि साइकल लेन बनाउन सुरु गरेको छ । यसकोलागि ५० लाख रुपैयाँ छुट्टयाएको छ । यसमध्ये ४८ लाख रुपैयाँमा टेण्डर स्विकृति समेत भएको उनले बताए । उनले भने,‘ललितपुर महानगरपालिकामा साइकल लेन बनाउने मेरो अवधारणा हो ।’


चिकित्सकका अनुसार साइकल चलाउनु पौडी पछिको सबैभन्दा उत्कृष्ट व्यायाम हो । यसले धेरै रोगको निदान गर्छ । साइकलबाट फाइदा यती मात्र छैन,वातावरणवीद्हरुले साइकललाई बढी भन्दा बढी प्रयोग गर्न अभिायन नै सुरु गरेका छन । अत्यन्त विकसित शहरहरुले सकेसम्म साइकल प्रयोग गर्न आफ्ना नागरिकलाई प्रोत्साहित गर्ने गरेका छन् ।

नेपालले हरेक वर्ष २सय २२ अर्व भन्दा बढी रुपैयाँ पेट्रोलियम पदार्थकोलागि खर्च गर्ने गरेको छ । ‘साइकललाई प्रोत्साहित गर्ने हो भने केही न केही रुपैयाँ बच्छ । ताकि यो रुपैयाँ पेट्रोलकोलागि खर्च गर्नु पर्दैन’महर्जनले भने,‘साइकलले अन्य सवारी साधन जस्तो कार्वन उत्सर्जनन पनि गर्दैन । त्यसैले साइकललाई अभियानको रुपमा लैजानु पर्छ ।’


सडक साँधुरो भएको ठाउँमा एकतर्फी र अलि फराकिलो भएको सडकमा दुई तर्फी साइकल लेन बनाउने अभियानमा महर्जन लागेका छन् । महानगरपालिकाले यो अभियान २०७६ मंसिरबाट सुरु गरेको हो । २०७६ मंसिरमा महानगरका प्रमुख महर्जन तथा उपप्रमुख गीता सत्याल लगायतले कुपण्डोलस्थित सडक किनारामा पेन्ट गरेर साइकल लेन निर्माण कार्यको सुरुवात गरेका थिए । पहिलो चरणमा कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार, पुल्चोकसम्म लेन निर्माण गरिएको छ । महानगरले साइकल लेन निर्माणकोलागि १३ वडाका वडा अध्यक्ष गणेश के.सीलाई समितिको संयोजक तोकेको छ ।

ट्राफिक व्यवस्थापनमा निकै नाम कमाएका पूर्व प्रहरी अधिकृत सिताराम हाछेथुको प्रवेश ललितपुर महानगरपालिकामा भएको छ । महानगरपालिकाले उनलाई २०७७ भदौ १५ गते देखि ललितपुर महानगर प्रहरी प्रमुखमा नियक्त गरेको छ ।

अब उनको काम तरकारी र फुटपाथ व्यापारीलाई सडकबाट उठाउने मात्र होइन, ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन, महानगरभित्र होड्रिङ बोर्ड हटाइ शहरलाई सफा र सुन्दर बनाउने लगायतको जिम्मेवारी पनि हो । ‘मैले नगरप्रमुखको जिम्मेवारी पाए पछि कानुनमा के कस्तो व्यवस्था रहेछ त्यसको अध्ययन गरे’हाछेथुले भने,‘अहिले कानुनले तोकेको जिम्मेवरी सफलातापूर्वक कार्यान्वयन गर्न लागेको छु ।’ ललितपुरमा साइकल लेनको व्यवस्थापनको जिम्मेवारी पनि उनले पाएका छन् । साइकल लेनको व्यवस्थापन उनकोलागि नयाँ अनुभव हुनेछ ।

महानगरपालिकाका सूचना अधिकारी रुद्र गौतमका अनुसार सुरुमा साइकल लेनलाई दुइ खण्डमा बाड्ने अवधारणा बनाइएको थियो तर अहिले एउटै खण्डमा मात्र राखिएको छ । उनका अनुसार सुरुमा शेयर लेन–अन्य सवारी साधनले पनि चलाउन पाउने) र डेडिकेड लेन (साइकलको लागि मात्र छुट्टयाइएको, अरुले चलाउन नपाउने) गरी दुई वटा अवधारणा ल्याइएको थियो ।

तर अब शेयर लेन (अन्य सवारी साधनले पनि उक्त ठाउलाई प्रयोग गर्न सक्ने) गरी साइकल लेन बनाइएको छ । महानगरले साइकल लेन निर्माणकालागि पोहर साल रमित कन्स्ट्रक्सन प्रा.लिसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार साढे १० किमि लामो पहिलो चरणको काम सकिएको छ । साढे २२ किमि लामो दोश्रो चरणको कामको लागि प्रक्रिया सुरु भएको गौतमले बताए ।

महर्जनले साइकलको लागि छुट्टै कानुन बनाउने घोषणा पनि गरेका छन् । यसको लागि महानगरपालिकाको विधेयक समितिले कानुनको मस्यौदा बनाउन सुरु गरेको छ । आगामी नगर सभामा मस्यौदा प्रस्तुत गरिने गौतमले नयाँ विकल्प डटकमलाई बताए ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७७ माघ १२, १४: २९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७७ माघ १२, १४: २९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७७ माघ १२, १४: २९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...