आगामी निर्वाचनमा ओलीलीकाे २६५ निर्वाचन क्षेत्रमै जमाना जफत हुन्छः खनाल – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

आगामी निर्वाचनमा ओलीलीकाे २६५ निर्वाचन क्षेत्रमै जमाना जफत हुन्छः खनाल

नयाँ विकल्प

काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड माधव पक्षीय वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा दाेस्राे समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे सम्पुर्ण निर्वाचन क्षेत्रमा जमानत जफत हुने गरि पराजय हुने बताएका छन् ।

प्रतिनिधि सभा विघटनकाे गैरसंवैधानीक कदम विरूद्व नेकपा प्रचण्ड माधव पक्षले राजधानीमा गरेकाे विराेध सभामा बाेल्दै नेता खनालले भने ‘मिस्टर केपी ओली ? तपाइँको खुट्टी हेर्दै पत्यायौं । अब दुई वर्षपछि चुनाव हुन्छ अनि त्यसवेला तपाईको २६५ वटा निर्वाचन क्षेत्रमै तपाइकाे जमाना जफत हुन्छ ’ ।

नेता खनालले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन हामी लडेका नभइ असंवैधानिक कदम विरूद्वकाे अबको आन्दोलन २०४६ सालको भन्दा ठूलो र २०६२–६३ सालको भन्दा बढी आगो दन्किएको बताए ।


खनालले भने ‘नेकपाको मात्र आन्दोलन होइन, देशको आन्दोलन हो, आउनुस् । संसद पुनस्थापनाको संघर्षमा आउन नेपाली कांग्रेस, जनता समाजवादीसँग आग्रह गर्छु ’ ।
उनले अहिले निर्वाचन आयोगलाई पनि अप्ठ्यारो पारिएको भन्दै व्याङगात्मक शैलिमा ‘आदरणीय आयुक्तज्यूहरु भने आधिकारिक पार्टी कहाँ छ भन्ने हेर्न प्रदर्शनी मार्ग र वरपर हेर्न आउनुस ’ ।

उनले यही जनउपस्थितिले नै यसले आधिकारिकता दिएको भन्दै ऐन, कानून कता मिलाउने हो मिलाउनुस् निर्वाचन आयाेगलाइ आग्रह गरे ।

ओली पक्षले ३२ माघमा दरवारमार्गकाे ओलीले महेन्द्रको शालिकमा गरेकाे सभालाइ ब्यङ्ग गर्दै खनालले भने ‘२–४ हजार मान्छे भेला गराएर दुई तिहाई ल्याउँछु भन्नु भगेराले बाँस नुगाए भने जस्ताै हाे ।

खनालले भने, ‘एउटा भँगेरो भर्र उडेर वाँसको टुुप्पामा बसेछ । तर एक मानिसले तलबाट बाँस निहुर्याएछन् । त्यो भँगेरालाई आफू निकै वजनदार भएको भान परेछ । र, आमालाई गएर भनेछ म त धेरै वजनदार भएछु, वाँसको टुप्पो नै नुहियो भनेछन् । अनि भँगेराकी आमाले भनेछिन् ‘खट्टी हेर्दै थाहा भयो’ भनिछन् , ओलीको पनि भगेरा जस्तै भएकाले खुट्टी हेर्दै चाल पाइरहेका छाैं । ’

ओ मिस्टर केपी शर्मा ओली ? दुई वर्षपछि चुनाव हुन्छ अनि त्यसवेला तपाईको २६५ वटा निर्वाचन क्षेत्रमै जमाना जफत हुने छ । खनालले गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको लागि संघर्ष बाहेक अर्काे बाटाे नभएकाे बताए ,

उनले भने ‘अब हाम्रोबाटो भनेको समाजवाद हो ,५८ वर्ष लगाएर समाजबादको निर्माणको बाटो र १० वर्ष लगाएर बनाएको संविधान भत्काउने काम गरेका भयाे । ’

ओलीले कृषि क्रान्तिको क पनि उच्चरण पनि नगरेकाे भन्दै खनालले अबकाे आन्दोलन नेकपाको दुई वटा गुटको आन्दोलन नभइ, यो केपी ओलीको प्रतिक्रान्तिको विरुद्ध भएकाे बताए । खनालले ओलीलाई जनताप्रति विश्वास नभएका कारण मठमन्दीरमा दर्शन र पुजापाठकाे सहारा लिएकाे समेत आराेप लगाए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ २८, १६: १४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ माघ २८, १६: १४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ माघ २८, १६: १४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...